१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format १७:२७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएसको ५० सिट स्वीकृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:२७:oo

नेपालकै दुर्गम स्थानको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अब वर्षमा ५० जना एमबिबिएस चिकित्सक उत्पादन हुने भएका छन्।  

चिकित्सा शिक्षा आयोगले हालै निर्धारण गरेको सिटमा प्रतिष्ठानले ५० जना नयाँ विद्यार्थी भर्ना गर्न पाउने भएको हो। यसअघिको कोटामा ३० सिट मात्रै थियो।

२० सिटबाट चिकित्सा शिक्षाको स्नातक पढाउन थालेको प्रतिष्ठान अब चौथो ब्याचको भर्ना लिँदै छ। सुरुको वर्ष २० र त्यसपछिका दुई वर्षमा ३०–३० जना भर्ना लिएर एमबिबिएस पढाइरहेको छ। 

प्रतिष्ठानमा अहिले ९० जना शिक्षक-प्राध्यापक छन्। दैनिक ६ सयजनासम्म बिरामी उपचारका लागि पुग्छन्। प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले भने, ‘सञ्चालनमा आएको छोटो समयमै एमबिबिएसमा ५० जनाको सिट पाउनुलाई महत्वपूर्ण उपलब्धि मानेका छौँ। गुणस्तरलाई विशेष ध्यान दिएर अब केही वर्ष ५० सिट मात्रै पढाउने योजना छ।’

प्रतिष्ठानले बिएमएस, बिफर्मा, एमडी–एमएसलगायतका विभिन्न विधाका कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसै वर्षबाट बिएस्सी नर्सिङको पढाइ पनि सुरु गर्ने गरी पहिलो वर्ष २० जनालाई भर्ना लिने उपकुलपति डा. रावलले जानकारी दिए। 

उनले भने, ‘दुर्गम र पिछडिएको क्षेत्रमा सञ्चालित प्रतिष्ठान संसारकै एक नमुना बन्ने बाटोमा छ। तर, यति धेरै प्रगति गरिसक्दा पनि सरकारको अपेक्षित सहयोग भने पाएका छैनौँ।’