Skip This
एमाले बागमती अधिवेशन : सहमतिकाे प्रयाससँगै मनोनयनको प्रक्रिया सुरु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १० बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o असोज १० बुधबार १४:१८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले बागमती अधिवेशन : सहमतिकाे प्रयाससँगै मनोनयनको प्रक्रिया सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज १० बुधबार १४:१८:oo

नेकपा एमालेको प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि सहमतिको प्रयाससँगै उम्मेदवारी मनोनयनको प्रक्रिया सुरु भएको छ।

सो पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा भएको निर्वाचन प्रक्रियाका लागि पूर्वनिर्धारितभन्दा केही घन्टा ढिलो गरी मतदाता नामावली प्रकाशन गरिएको छ। 

बन्दसत्रका अध्यक्षमण्डलका सदस्य शेरबहादुर तामाङले अध्यक्षका सम्भावित उम्मेदवारसँग सहमतिको प्रयासका लागि अध्यक्षमण्डलले एक चरण छलफल गरेको जनाउँदै अपराह्न २ बजे उम्मेदवारीको मनोनयन दर्ता कार्यक्रम राखिएको र सोपश्चात् पनि सहमतिको पहल हुने बताए।  छलफलमा अध्यक्षका आकांक्षी केशवराज पाण्डे, कैलाश ढुंगेल, कृष्णप्रसाद दाहाल र सानुकुमार श्रेष्ठ सहभागी थिए। 

अध्यक्षमण्डलका अर्का सदस्य आनन्दप्रसाद पोखरेलले उम्मेदवारको आधिकारिक मनोनयन भइसकेपछि सहमति हुने वा नहुने निधो लाग्ने बताए। यही असोज ८ गते भृकुटीमण्डपमा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन भएको अधिवेशनको बन्दसत्र कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा मंगलबार सम्पन्न भएको थियो। 

बन्दसत्रको सञ्चालनका लागि सो कमिटीका इन्चार्ज गुरु बरालको नेतृत्वमा तामाङ, देवी ज्ञवाली, पोखरेल, गोकुलप्रसाद बाँस्कोटा, कमल चौलागाईं, रामेश्वर फुँयाल, कृष्णबहादुर राई, सुशीला नेपाल, पार्वत गुरुङ, रत्ना गुरुङ सदस्य रहेको अध्यक्षमण्डल गठन गरिएको छ।