१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १० बुधबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o असोज १० बुधबार ११:४२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चिकित्सककाे सुरक्षाको जिम्मा सरकारले लिन्छ : मन्त्री बस्नेत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o असोज १० बुधबार ११:४२:oo

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकको सुरक्षाको जिम्मा सरकारले लिने बताएका छन्। 

आज पत्रकारहरूसँग कुरा गर्दै उनले चिकित्सकमाथि भएको घटना निन्दनीय रहेको बताए। उनले भने, ‘दिन प्रतिदिन दुःखद घटना भएका छन्। यो खेदजनक छ। यसका बारेमा पटक–पटक उपप्रधानमन्त्री तथा गृहमन्त्री, स्वास्थ्य तथा जनसंख्यामन्त्री र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबीच छलफल भइरहेको छ।’ 

गृह मन्त्रालयले शान्तिसुरक्षाको प्रत्याभूति गराउने विषयमा छलफल भइसकेको भन्दै उनले  चिकित्सकलाई काममा फर्कन अनुरोधसमेत गरे। 

उनले थपे, ‘हाम्रो ऐनमा उल्लेख भएका स्वास्थ्यसम्बन्धी सुरक्षाका विषयलाई प्रभावकारी ढंगबाट कार्यान्वयन गर्ने र आगामी दिनमा यस्ता घटना नहुन् भनेर सबै सक्रिय रहने विषयमा छलफल भयो।’ शान्तिसुरक्षा गृह मन्त्रालयले दिने गरी छलफल भएको उनको भनाइ थियो।

मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐन लागू भएसँगै बन्द भएका शैक्षिक संस्थाहरू ६ महिनाभित्र सञ्चालनमा ल्याइने बताए। यस ऐनले गर्दा दुर्गममा अस्पताल खोल्ने, चिकित्सक पुर्‍याउने राम्रो देखिएको भए पनि दक्ष जनशक्ति उत्पादनमा भने समस्या देखिएको उनले बताए। 

यसका लागि चिकित्सा शिक्षा ऐन संशोधन गरेर बन्द भएका संस्था सञ्चालनको तयारीमा सरकार रहेको उनको भनाइ थियो । शिक्षामा गुणस्तरीयता कायम गर्दै शुल्क निर्धारण पनि सरकारले गर्ने मापदण्ड बनाएर बन्द भएका संस्था सञ्चालनमा ल्याइने उनले बताए।