१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ९ मंगलबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असोज ९ मंगलबार १३:o८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बालेनबारे ओलीको टिप्पणी- महनगरबाट गरिबी लखेट्नुपर्छ, गरिब होइन  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज ९ मंगलबार १३:o८:oo

नेकपा एमाले अध्यक्ष केपी ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले फुटपाथ व्यापारीलाई गरेको निषेधमाथि टिप्पणी गरेका छन्।

उनले महानगरबाट गरिबी लखेट्नुपर्छ, गरिब होइन भन्दै मंगलबार सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी गरेका हुन्। 

‘हो, फुटपाथ हिँड्नकै लागि हो। पैदलयात्री सहज रूपमा हिँडून् भनेर नै फुटपाथ बनाइएको हो। यसमा कसैको दुईमत छैन होला, मेरो पनि छैन। कुरा परम्परादेखि फुटपाथमा रोजी–रोटीका लागि गुजारा व्यापार गरिरहनुभएका मानिसको व्यवस्थापन कसरी गर्ने भन्ने मात्रै हो,’ उनले लेखेका छन्। 

अध्यक्ष ओलीले फुटपाथ (सडक) व्यापार परम्परागत नेवारी संस्कृतिको अंश भएको पनि बताएका छन्। उनले भनेका छन्, ‘असन, इन्द्रचोक, भोटाहिटीतिर ५०औँ वर्ष अघिदेखि यस्तो चलेको हामीले देखेका थियौँ । पुराना किताब, इतिहास र कथाहरूमा असन, इन्द्रचोकको व्यापारका विषयमा पढ्न पनि पाइन्छ।’

उनले अहिले परम्परागत रूपमा चल्दै आएको कुरालाई एक्कासि परिवर्तन गर्न खोज्दा केही खलबली हुनु स्वाभाविक र वैज्ञानिक रहेको बताउँदै लेखेका छन्, ‘उपमेयरले भेट्नुभएको भन्ने सुनेँ। यो वार्ताबाट समाधान खोज्ने संकेत हुन सक्छ। दुवै  युवा हुनुहुन्छ, छलफल गर्नुहोस्, समाधान निकाल्नुहोस्। हामीले महनगरबाट गरिबी लखेट्नुपर्छ, गरिब होइन। समाधानको उपाय के हुन सक्छ, तपाईंहरूको विचार पनि राख्नुस् है !’