१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
तस्बिर : अमुल थापा/नयाँ पत्रिका
शान्ति तामाङ काठमाडाैं
२o८१ बैशाख १९ बुधबार १o:१o:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

जडीबुटी बसपार्क विवाद उत्कर्षमा : भत्काउने प्रयास गरिए प्रतिकारमा उत्रने व्यवसायीको चेतावनी 

Read Time : > 1 मिनेट
शान्ति तामाङ, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १o:१o:oo

जडीबुटीमा निर्माण सम्पन्न भई सञ्चालनको तयारीमा रहेको बसपार्कभित्र बनेका संरचना भत्काउने प्रयास गरिए प्रतिकारमा उत्रने चेतावनी यातायात व्यवसायीले दिएका छन् । पूर्व अरनिको यातायात प्रालिले उक्त बसपार्क निर्माण गरेको हो । प्रालिका अध्यक्ष केदार क्षेत्रीले महानगर प्रमुख बालेन्द्र साह (बालेन)ले मौखिक अनुमति दिएपछि काम सुरु गरिएको दाबी गरे । ‘हामीले विधि प्रक्रिया पूरा गरेरै बसपार्क निर्माण गरेका हौँ । 

निर्माण सुरु गर्नुभन्दा पहिला नै अनुमति लिन महानगरमा पत्राचार गरेका थियौँ । महानगरले लिखित अनुमति नदिए पनि मेयरसाबको मौखिक अनुमतिका आधारमा बसपार्क निर्माण सुरु गरेका थियौँ,’ क्षेत्रीले भने, ‘अहिले उहाँहरू महानगरभित्र एउटा मात्र बसपार्क हुनुपर्छ । त्यो बसपार्क भनेको गोंगबुको बसपार्क हो । अरू भत्काउँछौँ भनेर लाग्नुभएको छ ।’

महानगरका प्रवक्ता नवीन मानन्धर भने डोजर लगाउने कुरा आफूलाई जानकारी नभएको बताउँछन् । उनका अनुसार डोजर लगाउने वा के गर्ने भन्ने विषयमा महानगरमा छलफल नै भएको छैन । ‘सम्बन्धित व्यक्तिहरू आएर बसपार्कबारे मलाई बताउनुभएको थियो । मैले उहाँहरूको कुरा सुनिदिएको छु,’ प्रवक्ता मानन्धरले भने, ‘यो विषयमा १०–१२ दिनपछि बस्ने बोर्ड बैठकले निर्णय गर्नेछ । त्योभन्दा अघि नै कुरा उठाउनुपर्ने अवस्था आयो भने त्यसैअनुसार बैठक बसेर निर्णय गर्छौँ ।’

क्षेत्रीले बसपार्क भत्काउने प्रयास गरिए प्रतिकारमा उत्रने बताए । यसका लागि दुई सय युवालाई प्रालिले बसपार्कमै तैनाथ गरेको छ । ‘यहाँबाट बसपार्क सञ्चालन भएमा पूर्व जाने सार्वजनिक सवारीसाधन र यात्रुले भोग्नुपरेको समस्या समाधान हुन्छ । कोटेश्वर क्षेत्रमा हुने गरेको ट्राफिक जामको पनि धेरै हदसम्म हल हुन्छ,’ क्षेत्रीले भने, ‘त्यसैले हामी कुनै पनि हालतमा बसपार्क भत्काउन दिँदैनौँ । हामी कानुनी प्रक्रियामा जान्छौँ । जनतालाई यो विवादबारे जानकारी गराउँछौँ । यतिले पनि नभएर महानगर भत्काउन आए प्रतिकारमा उत्रन्छौँ ।’

महानगरपालिकाले गत असार १ गतेदेखि महानगर क्षेत्रभित्रबाट उपत्यकाबाहिर लामो तथा मध्यम दूरीमा सञ्चालन हुने यात्रुवाहक सवारीसाधन नयाँ बसपार्क गोंगबुबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू गरेको थियो । नयाँ बसपार्कभन्दा बाहिर रहेका सबै टिकट काउन्टर हटाउन, नयाँ बसर्पाबाट मात्र यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न महानगरले सूचना जारी गरेको थियो ।

धुलिखेल, साँखुसम्मको सडक इजाजतपत्र लिएका लामो दूरीका सवारीसाधनको हकमा महानगरले कलंकीदेखि जडीबुटीसम्म सवारी रोक्न निषेधसमेत गरेको थियो । सूचना नमानेमा ट्राफिक प्रहरीसँग समन्वय गरेर महानगर प्रहरीबाट नियमानुसार कानुनी कारबाही गरिनेसमेत बताएको थियो । महानगरले उक्त सूचना जारी गरेपछि नयाँबसपार्क सञ्चालन गरिरहेको लोत्से बहुउद्देश्यीय प्रालिले ६६ वटा टिकट बुकिङ काउन्टर थप गरेको थियो । 

१४ रोपनीमा फैलिएको बसपार्क 
काठमाडौं भ्यु टावर निर्माणका लागि भन्दै महानगरले ०७४ वैशाख १ गतेबाट पुरानो बसपार्कलाई खुलामञ्चमा सारेको थियो । ०७८ वैशाख १६ गतेदेखि खुलामञ्चबाट बसपार्क हटाइए पनि महानगरले अर्को विकल्प दिएको छैन । जसकारण कोटेश्वरबाट पूर्वतर्फ चल्ने सार्वजनिक सवारीसाधन कोटेश्वर, जडीबुटी, लोकन्थली तथा सोआसपास अव्यवस्थित रूपमा पार्किङ गरी सञ्चालन गर्नुपर्ने बाध्यकारी व्यवस्था भएकाले बसपार्क निर्माण सुरु गरिएको क्षेत्रीले बताए । १४ रोपनी जग्गामा निर्माण भएको बसपार्कमा व्यवस्थित पार्किङ, टिकट काउन्टर, शौचालय, चमेनागृह, आवास, फलफूल पसल निर्माण भएका छन् । प्रालिले काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, कोशी प्रदेशका ओखलढुंगा, उदयपुरलगायतका जिल्लाका विभिन्न रुटमा सार्वजनिक यातायात सेवा सञ्चालन तथा व्यवस्थापन गर्दै आइरहेको छ । 

ad
ad