१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ८ सोमबार
  • Friday, 09 May, 2025
तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
२o८o असोज ८ सोमबार १८:५३:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

पदक तालिकामा चीनको वर्चस्व कायमै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज ८ सोमबार १८:५३:oo

आयोजक राष्ट्र चीनले सोमबार पनि एसियाली खेलकुदमा आफ्नो वर्चस्व कायम गरेको छ। हालसम्म ६७ पदक जितेर चीनले आफ्नो अपराजित यात्रालाई जारी राखेको छ।

पछिल्लो पदक तालिकाअनुसार चीनले पौडीमा ९, साइक्लिङमा २, जिम्न्यास्टिकमा १, रोइङमा ११, मोडर्न पेन्टल्थुनमा २, सुटिङमा ५, उसुमा ३ र स्केट बुर्डिङमा १ गरी ३८ स्वर्णसहित ६६७ वटा पदक हात पारेको छ।

पदक तालिकामा दोस्रो स्थानमा रहेको कोरियाले ९ स्वर्ण, १० रजत र १३ वटा कास्यसहित ३२ पदक जितेको छ भने जापानले ५ स्वर्ण, १३ रजत र ११ वटा कास्यसहित २९ पदक आफ्नो कब्जा जमाएर तेस्रो स्थान सुरक्षित गरेको छ।

चौथो स्थानमा रहेको उज्वेकिस्तानले ४ स्वर्ण, ४ रजत र ६ कास्यसहित १४, पाँचौँ स्थानमा रहेको हङकङले ३ स्वर्ण, ४ रजत र ७ कास्यसहित १४ पदक जितिसकेको छ। 

सुटिङ र क्रिकेटमा २ स्वर्ण पदक हासिल गरेको भारत ३ वटा रजत र ६ वटा कास्यसहित ११ पदक प्राप्त गरेर छैटौँ स्थानमा रहेको छ।