१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ८ सोमबार
  • Sunday, 11 May, 2025
२o८o असोज ८ सोमबार ११:१८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिटिजन्स बैंकका ग्राहकलाई सूर्या हेल्थ केयरमा छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज ८ सोमबार ११:१८:oo

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले काठमाडौंको नयाँ बानेश्वरमा रहेको सूर्या हेल्थ केयरमा छुट पाउने भएका छन् । बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा बैंक र हेल्थ केयरबीच समझदारी भएको हो ।  

समझदारीअनुसार सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकले सूर्या हेल्थ केयरमा १५ प्रतिशतसम्मको छुट पाउने जनाइएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने बैंकले विश्वास व्यक्त गरेको छ ।  

हाल बैंकले देशभरमा एक सय ८८ शाखा, एक सय ४८ एटिएम, तीन विस्तारित काउन्टर तथा ९७ शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिइरहेको जनाएको छ ।