१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार o७:o४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

प्रधानमन्त्रीविरुद्धको अवहेलना मुद्दामा १८ मंसिरमा फैसला हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o७:o४:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध परेको अदालतको अवहेलनासम्बन्धी मुद्दामा १८ मंसिरमा फैसला आउने भएको छ । आइतबार सुरु भएको सुनुवाइमा दुवै पक्षको बहस सकिएपछि निर्णय सुनाउने मितिका लागि पेसी तोकिएको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सात वर्षअघि दायर गरेको रिटमा सर्वोच्चले फैसला दिन लागेको हो ।

अदालतको अवहेलनालाई फौजदारी कसुर मानिन्छ । प्रचण्डको अभिव्यक्तिले अदालतको अवहेलना भएको भन्दै १२ जेठ ०७३ मा मुद्दा दायर भएको थियो । यद्यपि, १६ कात्तिक ०७४ मा मात्र रुजु भएको सर्वोच्च प्रशासनले जनाएको छ । यस मुद्दामा १८ मंसिरमा फैसला आउने प्रवक्ता भद्रकाली पोखरेलले बताए ।

यस मुद्दालाई सर्वोच्चले अभियान फाँटमा राखी प्राथमिकता दिँदै पेसी तोक्ने गरेकोमा सात वर्षपछि फैसला आउन लागेको हो । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले फैसला दिने भएको छ । २९औँ तारेखपछि बल्ल सुनुवाइ सकिएर यो मुद्दा निर्णय सुनाउने चरणमा गएको हो । २० पटक हेर्न नभ्याइनेमा परेको यो मुद्दाको आइतबार भने सुनुवाइ सकिएको छ । 

ad
ad