मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १५ शुक्रबार
  • Friday, 01 December, 2023
२०८० असोज ७ आइतबार २०:२५:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

अम्बर गुरुङको सालिक निर्माण अन्तिम चरणमा 

Read Time : < 1 मिनेट
२०८० असोज ७ आइतबार २०:२५:००

लभ एन्ड सपोर्ट फाउन्डेसन नेपाल र सिक्किमको संयुक्त पहलमा भारतको दार्जिलिङ जिल्लाको मिरिक महकुमाअन्तर्गत टिंगलिंग चियाबारी भ्यू पोइन्टमा वरिष्ठ संगीतकार अम्बर गुरुङको सालिक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। 

नेपालको राष्ट्रगानका संगीतकारसमेत रहेका गुरुङको सालिक अनावरण समारोह कात्तिक १९ गते हुन लागेको लभ एन्ड फाउन्डेसनका सचिव आनन्द राईले पत्रकार सम्मेलन गरी जानकारी दिए। राईका अनुसार सोही समारोहमा ‘अम्बर गुरुङ स्मृति ग्रन्थ’को विमोचनसमेत हुनेछ। 

सोही समारोहमा गायिका शान्ति ठटाल, गायक दीप श्रेष्ठ, गीतकार शिवशंकर थापा र शिक्षाविद् तथा समाजसेवी नारद पोखरेललाई अम्बर गुरुङ गीत–संगीत पुरस्कारद्वारा सम्मान गरिनेसमेत राईले जानकारी दिए। सालिक अनावरणसँगै सांगीतिक कार्यक्रमसमेत हुनेछ। 

‘अम्बर गुरुङको सालिक नेपालमै बनाउने चाहना थियो, तर जग्गा प्राप्त गर्ने प्रक्रिया नै झन्झटिलो भएकाले सम्भव भएन। दार्जिलिङमा भने पर्यटकीय स्थलमा सालिक निर्माणका लागि अनुमति प्राप्त भएकाले उहाँको सालिक निर्माणमा पहल गरेका हौँ। सालिक निर्माणले नेपाली गीत–संगीतमा उहाँले पुर्‍याउनुभएको अतुलनीय योगदान चिरकालसम्म स्मरणीय रहनेछ,’ लभ एन्ड सपोर्टका सचिव आनन्द राईले भने।