१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ५ शुक्रबार
  • Friday, 09 May, 2025
२o८o असोज ५ शुक्रबार १४:o९:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

महासभामा उठ्यो सुरक्षा परिषद् विस्तार र सुधारको आवाज 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज ५ शुक्रबार १४:o९:oo

ब्राजिल, जर्मनी र जापानका विदेशमन्त्रीले सुरक्षा परिषद् विस्तारको आह्वान गरेका छन्। 

संयुक्त राष्ट्रसंघको ७८औँ महासभाका सन्दर्भमा बिहीबार भएको बैठकमा उनीहरूले परिषद् विस्तारको आह्वान गर्दै एक–अर्काको उम्मेदवारीलाई समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

ब्राजिलका विदेशमन्त्री माउरो भिएरा, जर्मनीका संघीय विदेशमन्त्री अन्नालेना बेरबक, जापानका विदेशमन्त्री योको कामिकावा र भारतीय विदेश मन्त्रालयका सचिव (पश्चिम) सञ्जय वर्माले परिषद्को विस्तार र सुधारबारे छलफल गरेका हुन्।

विश्वले सामना गर्नुपरेका विविध चुनौतीको प्रभावकारी एवं समयमै सम्बोधन गर्न सुरक्षा परिषद्को अक्षम भएकाले यसको व्यापक सुधार अपरिहार्य भएकामा जोड दिँदै उनीहरूले स्थायी एवं अस्थायी सदस्य थप्नुपर्ने बताएका छन्। 

‘विकासशील देशका भूमिका र सहभागिता बढाउन परिषदमा अस्थायी र स्थायी दुवै तहमा सदस्यता विस्तार गर्न आवश्यक छ,’ बैठकपछि जारी संयुक्त विज्ञप्तिमा भनिएको छ। 

परिषदमा भौगोलिक प्रतिनिधित्व नहुनुलाई ‘ऐतिहासिक अन्याय’ भन्दै उनीहरूले अफ्रिका, ल्याटिन अमेरिका र क्यारिबियन भेगको प्रतिनिधित्व बढाउनुपर्ने बताएका छन्। 

प्रतिनिधित्व नभएका समूह र क्षेत्रको सहभागिता बढाउनुपर्ने तथा सबै परिषद्लाई लिएर अफ्रिकी देशले प्रस्तुत गरेका साझा अवधारणाप्रति चारवटै देशको दृढ समर्थन रहेको जनाएका छन्।