१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ५ शुक्रबार
  • Tuesday, 15 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o असोज ५ शुक्रबार o८:१३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

फेक आइडीविरुद्ध एमालेले कानुनी उपचार खोज्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज ५ शुक्रबार o८:१३:oo

एमालेले पार्टी र अध्यक्ष केपी ओलीको नाममा अनधिकृत रूपमा फेक आइडी प्रयोग गरी सामाजिक सञ्जालबाट भ्रमपूर्ण प्रचार गर्नेविरुद्ध कानुनी उपचार खोज्ने भएको छ । फेक आइडी चलाउनेका विषयमा ध्यानाकर्षण भएको जनाउँदै एमाले केन्द्रीय प्रचार विभागले १५ दिनभित्र सम्पर्कमा आउन अन्यथा कानुनी उपचारमा जान बाध्य हुने विज्ञप्तिमार्फत सूचित गरेको छ ।

‘सामाजिक सञ्जालको दुरुपयोग गरी अनधिकृत र अज्ञात व्यक्तिहरूबाट पार्टीको नाम, लोगो र झन्डा दुरुपयोग भइरहेको छ । यसले पार्टीपंक्ति र जनसमुदायमा भ्रम सिर्जना हुने गरेको छ । तसर्थ, सामाजिक सञ्जालको दुरुपयोग रोक्न पार्टी र पार्टी नेतृत्वसँग जोडेर बनाइएका फेक एकाउन्ट बन्द गर्नुपर्ने चौतर्फी दबाब आएकाले सम्बन्धित सबैमा यो सूचना जारी गरिएको छ,’ प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

एमालेले त्यस्ता आइडी प्रयोग गरिरहेकालाई १५ दिनभित्र पार्टीको केन्द्रीय प्रचार विभागको सम्पर्कमा आउन अनुरोध गरेको छ । ‘पार्टीका नाम, लोगो, झन्डा र पार्टी नेताहरूको नाम जोडेर सञ्चालन भएका सबै एकाउन्ट सञ्चालकलाई १५ दिनभित्र पार्टीको केन्द्रीय प्रचार विभागको सम्पर्कमा आउन अनुरोध गरिन्छ ।