१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १२:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शनिबारदेखि हराएकी पुतलीमाया मृत फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:३o:oo

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा एक वृद्धा मृत फेला परकी छिन्। यही ३० भदौदेखि हराइरहेकी इन्द्रसरोवर- २ ठूलोटारकी ९१ वर्षीया पुतलीमाया घलान मृत फेला परेकाे मकवानपुर प्रहरीले जनाएको छ।

यही ३० भदौबाट सोही गाउँपालिकाको वडा नम्बर ३ स्थित छोरीको घरबाट हराएकी पुतलीमाया मृत फेला परेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए। 

उनी हराएको भन्दै परिवारले ३१ भदौमा प्रहरी चौकी सिस्नेरी मकवानपरमा जानकारी गराएको प्रवक्ता भण्डारीले बताए। परिवारको जानकारीको आधारमा प्रहरीले पुतलीमायाको खोजतलास गरेको थियो।

खोजीकै क्रममा प्रहरीले भिरबाट अन्दाजी दुई सय मिटर तल खसेर मृत्यु भएको अवस्थामा फेला पारेको र बागमती प्रदेश प्रहरी कार्यालयबाट खटिएको विपत् व्यवस्थापन  टोलीको सहयोगमा शव निकाली पोस्टमार्टमका लागि हेटौँडा अस्पतालमा ल्याइएको प्रवक्ता भण्डारीले जानकारी दिए।