१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार ११:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

मेरुदण्डको दुखाइ कम गर्न 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार ११:२५:oo

हिजोआज धेरै मानिस कम्मर, ढाड र गर्दन दुख्ने समस्याले पीडित भएको पाइन्छ । अस्वस्थकर जीवनशैली, बसाइको तरिका नमिल्दा, अत्यधिक तौल, मानसिक चिन्ता र काम गर्दा ढाडमा पर्ने असरले मेरुदण्ड दुखाइ हुने गर्छ ।

यसबाहेक चोटपटक, संक्रमण, हड्डीमा ट्युमर तथा क्षयरोगका कारण पनि स्पाइनमा समस्या आउन सक्छ । समग्रमा यसलाई मेरुदण्ड (स्पाइन)सम्बन्धी समस्या भनेर बुझ्नुपर्छ । सुरुमा यो समस्या सामान्य देखिए पनि यसले दीर्घकालीन असरसमेत गर्न सक्छ । त्यसैले यस्तो समस्या हुनबाट जोगिनुपर्ने हुन्छ । 

कारण र रोकथाम
- घन्टौँसम्म टिभी, मोबाइल, ल्यापटप, कम्प्युटर हेर्ने मानिसमा मेरुदण्डसम्बन्धी समस्या देखिन्छ । आधुनिक उपकरण प्रयोग गरी घन्टौँ निहुरिएर, सुतेर वा एउटै पोजिसनमा बसेर हेर्ने गरिन्छ, जसले गर्दा मेरुदण्डसम्बन्धी समस्या आएको देखिन्छ । 

- एकातिर मात्र निहुरिएर बस्दा मेरुदण्डको माथिल्लो भागमा दुखाइ उत्पन्न हुन्छ । मेरुदण्डलाई बांगो बनाएर र झुकाएर काम गर्ने बानीले गर्दा मेरुदण्डमा दबाब पर्छ र च्यापिने हुन्छ । जुन भागमा बढी दबाब पर्‍यो, त्यही ठाउँको नसा च्यापिने खतरा हुन्छ । 

- मेरुदण्डमा समस्या आउँदा कुप्रिँदै जाने हुन्छ । जसले गर्दा मुटु, फोक्सो र छातीमा समेत असर गर्छ । त्यसकारण मेरुदण्डमा समस्या आउन नदिन समयमै यसबारे सचेत हुन आवश्यक हुन्छ । 

- गर्दनलाई असर पर्ने गरी गह्रौँ तौल भएको सामान उठाउने गर्नुहुँदैन । यसले मेरुदण्डको हड्डीलाई हानि पुर्‍याउने खतरा हुन्छ । 

- सुत्ने तरिकामा पनि निर्भर रहन्छ । दैनिक घोप्टो परेर सुत्दा मेरुदण्डलाई असर पर्छ । जसले पेटको बलले मेरुदण्ड, गर्दन र जोर्नीमा दुखाइ 
उत्पन्न गराउँछ । 

- क्याल्सियमको कमीले पनि मेरुदण्डमा समस्या देखा पर्छ । जसले गर्दा क्याल्सियमजन्य खाद्य पदार्थ नियमित सेवन गर्नु आवश्यक छ । 

ad
ad