Skip This
फेमकुमारी–डोरनाथ ढुंगेल प्रतिष्ठानद्वारा स्रष्टालाई सम्मान
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २ मंगलबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o असोज २ मंगलबार १o:३४:oo
Read Time : < 1 मिनेट
साहित्य प्रिन्ट संस्करण

फेमकुमारी–डोरनाथ ढुंगेल प्रतिष्ठानद्वारा स्रष्टालाई सम्मान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o असोज २ मंगलबार १o:३४:oo

फेमकुमारी–डोरनाथ ढुंगेल साहित्य प्रतिष्ठानले आठजना स्रष्टालाई सम्मान गरेको छ । प्रतिष्ठानले भक्तपुरमा आयोजना गरेको साहित्यिक विमर्श एवं स्रष्टा सम्मान कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति डा. गंगाप्रसाद उप्रेतीले साहित्यको क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएका स्रष्टाहरूलाई सम्मान प्रदान गरेका हुन् ।

कार्यक्रममा फेडोल उत्कृष्ट सिर्जना सम्मानबाट मातृका पोखरेल, जय छाङ्छा र नवराज रिजाल सम्मानित भए । त्यस्तै, आख्यानतर्फ लेखक एवं साहित्यकार रत्न प्रजापति, काव्यतर्फ प्रगतिशील लेखक संघ भक्तपुरका अध्यक्ष गणेश घिमिरे मार्मिक, कला साधनातर्फ चित्रकार गणेश जिसी, प्रोत्साहनतर्फ नमोद राउत र सपना केसी सम्मानित भएका हुन् । 

डा. उप्रेतीले पुरस्कारले स्रष्टा तथा नवीनतम् कृति लेख्नेहरूलाई प्रोत्साहन मिल्ने बताए । कार्यक्रममा राममणि ढुंगेलद्वारा लिखित मुक्तकसंग्रह ‘चेतना चित्कार’का बारेमा डा. फणिन्द्र निरौलाले र हाइकुसंग्रह ‘शान्तिको गीत’को बारेमा डा. देवी नेपालले समालोचनासमेत गरेका थिए ।