
प्रथम युथ तथा जुनियर बक्सिङमा बक्समाण्डु बक्सिङ र अल्फा बक्सिङ क्लब टिम च्याम्पियन बनेका छन् । प्रतियोगिताअन्तर्गत युथ पुरुषतर्पm चार स्वर्ण र एक कांस्य जित्दै बक्समाण्डु बक्सिङ च्याम्पियन बनेको हो । यस विधामा एच टु ओ बक्सिङ क्लब उपविजेता बन्यो । एच टु ओले दुई स्वर्ण, एक रजत र एक कांस्य हात पारेको थियो । समान एक स्वर्ण, रजत र कांस्य हात पारेको भुपू बक्सिङ क्लब, कास्की तेस्रो बनेको छ । युथ पुरुषमा १५ क्लबको सहभागिता रहेको आयोजकले जनाएको छ ।
प्रतियोगिताअन्तर्गत पुरुष जुनियरतर्फ तीन स्वर्ण, एक रजत र दुई कांस्य हात पारेको अल्फा बक्सिङ क्लब, दाङ टिम च्याम्पियन बनेको हो । स्विट साइन्स क्लब काठमाडौं उपविजेता बन्यो । काठमाडौंले दुई स्वर्ण र एक रजत हात पारेको थियो । दुई स्वर्ण बटुलेको आर्यन फिटनेस क्लब पेप्सीकोला तेस्रो स्थानमा रह्यो । पुरुष जुनियरमा १६ टोलीले प्रतिस्पर्धा गरेका थिए । युथ पुरुषतर्फको ४८ केजी तौलसमूहमा एच टु ओका अप्रिल रानाले अल्फाका गिर्वान केसीलाई ५–० ले हराउँदै स्वर्ण जितेका छन् । ५१ केजी तौलसमूहमा बाँकेका शुभमजंग शाहमाथि ५–० को नजिता निकाली भक्तपुरका विकलले पहिलो स्थान हात पारे । युथ पुरुषमै ५४ केजी तौलमा एच टु ओका आशिष भेगालाई ५–० ले हराउँदै बक्समाण्डुका प्रबल उप्रेतीले स्वर्ण पदक जिते । ५७ केजी तौलमा छिरिङ वाङ्दीले दमकका ओयल राईमाथि फाइनलमा ५–० को जित हात पारे ।
६० केजीमा आयुष पहिलो
यसैगरी, ६० केजी तौलमा बक्समाण्डुका आयुष थापाले स्विट साइन्स क्लबका सुगल रोकामगरलाई आरएससीको उपाधि भिडन्तमा हराए । ६७ केजी तौलसमूहमा जेनेक्सका सलिल महर्जनलाई फाइट प्रोका रोनिश राईले ३–२ को प्रतिस्पर्धात्मक स्कोरमा हराउँदै स्वर्ण पदक हात पारे । प्रतियोगिताको ७१ केजी तौलसमूहमा फाइट प्रोका जीवन तामाङलाई एच टु ओका धीरज गुरुङले आरएससीका आधारमा पराजित गर्दै प्रथम स्थान हात पारे ।
यसैगरी, ७५ केजी तौलसमूहमा केली बोहराले कीर्तिपुरका अबिसोन महर्जनलाई आरएससीका आधारमा पराजित गर्दैै स्वर्ण जितेका छन् । ८० केजी तौलसमूहमा ललितपुरका साजन तामाङ र ९२ प्लस केजी तौलसमूहमा एक्स बक्सिङका दिपेन रानाले स्वर्ण जितेका छन् । नेपाल बक्सिङ महासंघका सचिव पुष्करराज पन्तको टेक्निकल डेलिगेट हेडमा र महासचिव मानबहादुर भण्डारीको संयोजकत्व प्रतियोगिता आयोजना भएको हो ।