१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १५:३७:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

धनगढी उपमहानगरले विपन्नलाई दाहसंस्कार खर्च दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:३७:oo

धनगढी उपमहानगरपालिकाले नगरवासीको मृत्यु भएमा मृतकका परिवारलाई दाहसंस्कार खर्च उपलब्ध गराउने भएको छ।

आइतबार बसेको उपमहानगरको कार्यपालिका बैठकले नगरमा कुनै व्यक्तिको मृत्यु भएमा दाहसंस्कारका लागि दाउरा खरिद गर्न परिवारलाई पाँच हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको नगर प्रमुख गोपाल हमालले जानकारी दिए।

विपन्नले परिवारका सदस्यको मृत्यु हुँदा दाउरा किनेर दाहसंस्कार गर्नसमेत समस्या भोग्दै आएकाले उपमहानगरले आर्थिक सहयोग गर्ने निर्णय गरेको नगर प्रमुख हमालले बताए। दाउरा किन्न नसक्दा दाहसंस्कारमा समस्या भोग्नु नपरोस् भनेर विपन्न परिवारलाई लक्षित गर्दै यस्तो व्यवस्था गरिएको उनको भनाइ छ।

‘परिवारका सदस्य वा आफन्तको मृत्यु हुँदा आफ्नो पैसाले दाउरा किनेर दाहसंस्कार गर्न समस्या भएका विपन्न, असहायले टोल फ्री नम्बरमा फोन गरेर नगर प्रहरीलाई खबर गर्न सक्नुहुनेछ,’ उनले भने, ‘वडासँगको समन्वयमा त्यतिबेलै घरमा गएर दाहसंस्कारका लागि पाँच हजार रुपैयाँ दिने निर्णय गरेका छौँ।’

दाउरा किन्न नसक्दा टायर बालेर घाटमा लास जलाएको आफूले देखेको नगर प्रमुख हमालले बताए।

उपमहानगरको नवौँ स्थापना दिवसको अवसरमा सोमबार धनगढीमा आयोजित कार्यक्रममा हमालले नगरभित्र शववाहन र एम्बुलेन्स सेवा पनि उपमहानगरले निःशुल्क उपलब्ध गराउँदै आएको जानकारी दिए।