१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका महेन्द्रनगर
Invalid date format १३:५२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेस र एमाले मिलेर सरकार बनाउने कुरा हल्ला मात्र : नेता निधि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, महेन्द्रनगर
नयाँ पत्रिका
Invalid date format १३:५२:oo

प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाउने कुरा हल्ला मात्र भएको बताएका छन्।

जनकपुरधाममा आइतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले गठबन्धनको सरकार पाँच वर्ष चल्नेमा कुनै शंका नरहेको प्रस्ट पारे। ‘अहिलेको गठबन्धनको सरकार पाँच वर्ष चल्छ । यसमा कुनै द्विविधा नराखे हुन्छ,’ नेता निधिले भने, ‘पूर्वसहमतिअनुसार नै सरकारको नेतृत्व परिवर्तन हुन सक्छ ।’

वर्तमान गठबन्धनमा हेरफेरको कुनै सम्भावना नरहेको उनको भनाइ थियो । राजनीतिक स्थायित्वका लागि पनि अहिलेको सरकार पाँच वर्ष चल्नुपर्नेमा निधिले जोड दिए।

राजनीतिक प्रक्रियामा दलहरू जुट्नु, फुट्नु, मोर्चा बनाउनुलगायत कुरा सामान्य भएको उल्लेख गर्दै उनले विकास निर्माणका कार्यमा खुट्टा तान्ने प्रवृत्ति अन्त्य गरी सबैलाई एकजुट भएर अघि बढ्न आग्रह गरे। रासस