१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
Invalid date format १७:२९:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

केही सातामै मार्जिन ट्रेडिङसम्बन्धी नीति ल्याउँछौँ : धितोपत्र बोर्ड

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:२९:oo

नेपाल धितोपत्र बोर्डले मार्जिन ट्रेडिङसम्बन्धी नीति चाँडै ल्याउने जनाएको छ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको ‘आर्थिक मन्दीमा पुँजी बजारः सम्भावना र चुनौती’ विषयक अन्तर्क्रियामा बोल्दै बोर्डका अध्यक्ष रमेशकुमार हमालले चाँडै मार्जिन ट्रेडिङसम्बन्धी नीति आउने बताए। ‘केही दिनमै ब्रोकरमार्फत प्रवाह हुने मार्जिन ट्रेडिङसम्बन्धी नीति कार्यान्वयनमा आउँछ,’ अध्यक्ष हमालले भने, ‘हामीले क्यालेन्डर नै बनाएर काम गरिरहेका छौँ।’

बोर्डले हाइड्रोपावर तथा वास्तविक क्षेत्रका कम्पनीमा स्वतन्त्र सञ्चालकहरूको छुट्टै योग्यता तोक्ने पनि उनको भनाइ छ। अध्यक्ष हमालले स्वतन्त्र सञ्चालकहरूको रोस्टर पनि धितोपत्र बोर्डले नै बनाउने बताए।

‘हाइड्रोपावर तथा वास्तविक क्षेत्रका कम्पनीमा स्वतन्त्र सञ्चालकको योग्यता तोक्दै छौँ, रोस्टर नै बनाउँदै छौँ। स्वतन्त्र सञ्चालकले स्वतन्त्र लेखापरीक्षकलाई नै रिपोर्ट बुझाउने व्यवस्था गर्दैछौँ,’ उनले भने। हमालले ‘इन्ट्रा डे ट्रेडिङ’ पनि सञ्चालन हुने जानकारी दिए।

‘धितोपत्र बजारको रिफर्म गर्ने आँट र विज्ञता मेरो नेतृत्वको सेबोन टिमसँग छ,’ उनले भने, ‘समग्र अर्थतन्त्रमा देखिएको निराशाले सेयर बजारमा पनि केही कन्फिडेन्टमा कमी देखिएको छ। तर, अर्थतन्त्रका सूचक खराब अवस्थामा नभएको र अझै सुधारउन्मुख भएको छ । सबै सकारात्मक हुनुपर्छ।’

त्यस्तै, धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले नेप्से इन्डेक्स र बजार पुँजीकरणलाई समयानुकूल वैज्ञानिक बनाउनुपर्ने बताए। सूचक नै गलत नभएको बताएका उनले जलविद्युत् क्षेत्रलाई पूर्ण रूपमा नियमन गर्ने विषय बोर्डको कार्यक्षेत्रमा ल्याउन सम्भव नहुने बताए।

उनले ब्रोकरलाई सुविधासहितको कमिसनको प्रस्ताव ल्याउनसमेत आग्रह गरे। राम्रो सुविधा र नराम्रो सुविधामा पनि एउटै कमिसनभन्दा ब्रोकरहरूले यस्तो सुविधा लिन्छौँ, यसरी कमिसन ल्याउँछौँ भनेर सुविधाअनुसारको प्रस्ताव ल्याए बोर्ड त्यसमा छलफल गर्न तयार रहेको उनको भनाइ थियो।

स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष धर्मराज सापकोटाले मार्जिन ट्रेडिङमा रिकभरीका लागि नीतिगत सहयोग चाहिने बताए । यस्तै, अक्सन मार्केट र सेटलमेन्ट ग्यारेन्टी फन्डजस्ता उपकरण ल्याएर बजारमा स्थायित्व कायम गर्नुपर्ने उनको भनाइ थियो।

धितोपत्र ब्रोकर एसोसिएसनका महासचिव कृष्ण गिरीले नेप्सेमा नै सूचीकृत कम्पनीको लकिङ डाटा उपलब्ध हुनुपर्ने बताए। उनले मनिटरी मार्केटको ट्रेजरी बिललगायतका औजारहरू पनि धितोपत्र बजारमा नभएको भन्दै थप उपकरण विस्तारमा जोड दिए।

कार्यक्रममा धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायणप्रसाद शर्माले कार्यपत्र प्रस्तुत गरेका थिए। धितोपत्र बजारमा लगानीको औजारमा सबैभन्दा धेरै ऋणपत्र भए पनि सेयरमा धेरै सक्रिय हुँदा बजारले पूर्णता पाउन नसकेको उनको भनाइ थियो।