१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
डिलाराम भुसाल कपिलवस्तु
२०८० भदौ २८ बिहीबार १६:०९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सर्पले डसेर १८ वर्षीय युवकको मृत्यु

Read Time : < 1 मिनेट
डिलाराम भुसाल, कपिलवस्तु
२०८० भदौ २८ बिहीबार १६:०९:००

कपिलवस्तुमा सर्पले टोक्दा एक युवकको मृत्यु भएको छ। विजयनगर गाउँपालिका– ३ पत्थरदेइया बस्ने वर्ष १८ का बैजनाथ भुजको मृत्यु भएको प्रहरीले जनाएको छ। 

उनलाई करिब १२ बजेतिर घरमा सुतिरहेको अवस्था सर्पले टोकेको  बताएको छ। सर्पले टोकेपछि घरेलु उपचारमा बढी समय लाग्दा भुजको मृत्यु भएको सर्पदंश उपचार केन्द्र गोरुसिंगेका व्यवस्थापक नवीन भण्डारीले  बताए। 

मृतक भुजलाई बिहीबार बिहान साढे ६ बजे सर्पदंश उपचार केन्द्र पुर्‍याइएको थियो। गोरुसिंगेबाट थप उपचारका लागि बुटवल लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको हो। उनी स्थानीय आधारभूत विद्यालयकाे कार्यालय सहयोगीका रूपमा कार्यरत थिए।