१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
डिलाराम भुसाल कपिलवस्तु
२o८१ बैशाख १९ बुधबार १२:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कपिलवस्तुमा एक पुरुषको शव फेला

Read Time : < 1 मिनेट
डिलाराम भुसाल, कपिलवस्तु
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १२:२१:oo

कपिलवस्तुमा एक पुरुषको शव फेला परेको छ। जिल्लाको मायादेवी गाउँपालिका– २ अभिरावस्थित मदरसाको कोठाभित्र हत्या गरी बाँधेर फालिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।

अभिरावस्थित मदरसामा हातखुट्टा बाँधेर कुटपिट गरी हत्या गरिएको अवस्थामा शव शुक्रबार बिहान फेला परेको  हो। मोटरसाइकलमा आएका तीनजनाको समूहले भारत सिद्धार्थनगर जिल्ला पोखरभिटवाका– ४२ वर्षीय जमाल अहमदको अपहरणपश्चात हत्या गरेको जनाइएको छ।

शंका लागेर नियन्त्रणमा लिइएका तीनजनाको समूह नै हत्यामा संलग्न रहेको पाइएको प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले बताए। घटनाको बारेमा थप अनुसन्धान भैरहेको वलीको भनाइ छ।

ad
ad