मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १४ बिहीबार
  • Thursday, 30 November, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० भदौ २८ बिहीबार ११:००:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अन्त्येष्टिका लागि नेम्वाङको शवयात्रा (तस्बिरसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० भदौ २८ बिहीबार ११:००:००

संविधानसभाका अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु भएको छ । नेम्वाङको निवास बालुवाटारबाट शवयात्रा भर्खरै सुरु भएको हो । नेपाली सेनाले सलामीसहित शोकधुन बजाउँदै शवयात्रा महाराजगन्ज हुँदै अगाडि बढेको छ ।

शवयात्रा शिक्षण अस्पताल, महाराजगन्ज, धुम्बाराही, चाबहिल हुँदै पशुपति आर्यघाट पुग्नेछ । नेम्वाङको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ । शोक मनाउन आज सार्वजनिक बिदा पनि दिइएको छ । शवयात्राअघि बालुवाटारस्थित नेम्वाङको निवासमा एमाले अध्यक्ष केपी ओलीसहित विभिन्न दलका नेता उपस्थित थिए ।

निजी निवास बालुवाटारबाट शवयात्रासहित पशुपतिस्थित आर्यघाटमा पुर्‍याएर हिन्दू तथा लिम्बू परम्पराअनुसार नेम्वाङको पार्थिव शरीरलाई अन्त्येष्टि गरिनेछ ।  एमाले उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य नेम्वाङको मंगलबार बिहान हृदयाघातबाट निधन भएको हो ।


तस्बिर : संजित परियार/नयाँ पत्रिका