१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
तिवारी यादव वीरगन्ज
Invalid date format १४:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाल सुधारगृहका कैदीबन्दी वार्तामा बस्न तयार [अपडेट]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:३२:oo

वीरगन्ज महानगरपालिका– ४ बिर्तामा रहेको बाल सुधारगृहका कैदीबन्दी मंगलबार रातिदेखि जारी प्रदर्शन रोकेर वार्तामा बस्न तयार भएका छन्। 

पत्रकारसहितको टोलीसँग कुराकानी गर्दै उनीहरूले स्थानीय प्रशासन, मानव अधिकार, पत्रकारका अगाडि वार्तामा बस्न तयार भएको बताए। 
 
साथै उनीहरू प्रहरी प्रशासनको ज्यादती आफूहरूलाई मान्य नहुने र बाल सुधारगृहका तर्फबाट पाँचजना वार्तामा बस्न पाउनुपर्ने माग गरेका छन्। 

मंगलबार रातिमा सुधारगृहभित्रबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि ढुंगामुढा प्रहार भएपछि प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको थियो।

सुधारगृहमा रहेका बालकबीच झडप हुँदा ११ जना बालक तथा उनीहरूले प्रहार गरेको ढुंगा लागेर तीनजना प्रहरी घाइते भएका थिए। 

गत ८ भदौमा भक्तपुर बाल सुधारगृहमा रहेकामध्ये १८ जनालाई स्थानान्तरण गरी वीरगन्ज ल्याएकै  दिनदेखि आन्तरिक विवाद सुरु भएको थियो। 
 
झडपमा भक्तपुरबाट ल्याइएकामध्ये १० समेत गरी सुधारगृहका ११ जनालाई मंगलबार राति नारायणी अस्पतालमा उपचार गराई जिल्ला प्रहरी कार्यालयमा ल्याएर राखिएको प्रहरीले जनाएको छ।
 
बाल सुधारगृहमा अहिले कुल एक सय ४९ जना बालक रहेको गृह प्रमुख टीका काफ्लेले जानकारी दिए। यहाँ पहिलेदेखि एक सय ३१ जना बालक थिए। १८ जना बालकलाई वीरगन्जको बाल सुधारगृहमा ल्याएर राखिएको थियो।