१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १३:५४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मेजर पण्डितको शव काठमाडौं पठाइयो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:५४:oo

डोल्पाको नन्द बक्स ब्यारेकका मेजर विमल पण्डितको शव काठमाडौं लगिएको छ।

बुधबार दिउँसो नेपाली सेनाको हेलिकोप्टरमार्फत उनको शव काठमाडौं पठाइएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ।

गत १० भदौदेखि बेपत्ता मेजर पण्डितको शव १६औँ दिनमा हिजाे (मंगलबार) त्रिपुरासुन्दरी नगरपालिका– ५ करवगाडस्थित  चिन्डेबगरनजिक भेरीनदीको किनारमा फेला परेको थियो। मेजर पण्डितको  मृत्युको कारण खुल्न सकेको छैन। उनकाे अन्त्यष्टि काठमाडौमै हुने बताइएकाे छ।