Skip This
पुसमा लुम्बिनी एक्स्पो
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २७ बुधबार
  • Saturday, 27 July, 2024
२o८o भदौ २७ बुधबार o६:o६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पुसमा लुम्बिनी एक्स्पो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ २७ बुधबार o६:o६:oo

रुपन्देही व्यापार संघले आगामी पुसमा बुटवलमा पाँचौँ लुम्बिनी एक्स्पो–२०८० अन्तर्राष्ट्रिय व्यापार मेला गर्ने भएको छ । मेलाको तयारीबारे संघको कार्यसमिति र पूर्वअध्यक्षहरूसहितको अन्तरक्रिया कार्यक्रममा यो जानकारी गराइएको हो । 

कार्यक्रममा एक्स्पो मूल समितिका संयोजक तथा रुपन्देही व्यापार संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले संघले हालसम्म गरेका तयारी तथा प्राथमिकताका विषयमा जानकारी गराउँदै सबै क्षेत्रबाट सल्लाह र सुझावको अपेक्षा लिएको बताए । कार्यक्रममा संघका पूर्वअध्यक्षहरूले एक्स्पोमा प्रविधिलाई विशेष महत्व दिन सुझाव दिएका थिए । उनीहरूले स्वदेशी उत्पादन, गुणस्तरीय वस्तुको प्रदर्शन, सरसफाइ, पार्किङ, मनोरञ्जनलगायतका विषयमा सूक्ष्म रूपमा अध्ययन गरी प्राथमिकतामा राख्न पनि सुझाव दिए । एक्स्पोलाई स्वदेशी उत्पादनसँग जोडेर नेपाली उपभोक्ताको आवश्यकता पहिचान गरी नयाँ ढंगले दर्शक–उपभोक्ताको मन जित्ने गरी आयोजना गर्नुपर्ने कुरामा उनीहरूको जोड थियो ।

संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवालीले संघले गर्ने एक्स्पो सधैँ अब्बल र सफल हुने गरेको हुँदा वर्तमान आर्थिक मन्दीको अवस्थामा उद्योगी व्यवसायीहरूमा उत्साह प्रदान गर्ने लक्ष्यसहित आयोजना सम्पन्न गर्न सुझाव दिए ।