१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
Invalid date format १९:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धरानका उपमेयरको घरमा हतियारधारीको आक्रमण, भाइमाथि खुकुरी प्रहार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:४४:oo

धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाको घरमा हतियारधारी समूहले आक्रमण गरेको छ।

हतियारसहित घरमा पसेको समूहले उपप्रमुखका भाइ विष्णु बेघामाथि खुकुरी प्रहार गरेका छन्। खुकुरी प्रहारबाट विष्णु बेघाको देब्रे गालामा चोट लागेको स्थानीयवासीले बताएका छन्। 

धरान– १५ स्थित बेघाको घरमा हतियारधारी समूहले ढुंगामुढासमेत गरेको प्रत्यक्षदर्शीले बताएका छन्। 

आफ्नो घरमा आक्रमण भएपछि उपप्रमुख बेघाले फेसबुक लाइभ गर्दै प्रहरीलाई खबर गरेका छन्। इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले सूचना पाउनेबित्तिकै प्रहरी परिचालन गरेको जानकारी दिँदै घटनाबारे विस्तृत विवरण प्राप्त नभएको बताए।