१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २१:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गौ हत्याको विरोधमा राप्रपाले काठमाडौंमा प्रदर्शन गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २१:२१:oo

राष्ट्रिय प्रजातन्त्र पार्टीले गौ हत्याको विरोधमा काठमाडौंमा प्रदर्शन गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज पत्रकार सम्मेलन गर्दै राप्रपाले आउँदो २७ भदौमा काठमाडौंमा प्रदर्शन गर्ने जानकारी गराएको हो। 

आन्दोलनमा राप्रपासहित विभिन्न धार्मिक संघ, संगठनहरूको पनि सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। पत्रकार सम्मेलनमा राप्रपा प्रवक्ता ज्ञानबहादुर शाहीले धर्म निरपेक्षता र राष्ट्रियताको सवालमा सम्पूर्ण राष्ट्रवादी शक्तिहरू एकजुट हुनुपर्ने बताए। 

हिन्दुहरूको आस्थामाथि आक्रमण गरिएको भन्दै उनले हिन्दु धर्म र संस्कार मास्छु भनेर आउनेहरू अतिवादी र आतंकवादी भएको जिकिर गरे। उनले त्यस्ता व्यक्तिलाई तह लगाउने चेतावनीसमेत दिए। 

उनले आफूहरू धर्म, संस्कृतिको रक्षामा लागेको भन्दै धर्म, संस्कृतिको रक्षा गर्दा अतिवादी नहुने तर्क गरे।