१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार ११:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

पुरुषलाई सुहाउँछ यस्तो फर्मल गेटअप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार ११:o७:oo
  • ब्ल्याक कलरको सुट र ह्वाइट कलरको सर्टलाई युनिभर्सल कम्बिनेसन मानिन्छ । गहँुगोरो स्किन भएकालाई साइनिङ कलर छनोट गर्दा राम्रो देखिन्छ । किनकि, फर्मल ड्रेसअप भनेकै सिम्पल र क्लासिक हो । त्यसैले धेरै टल्कने रङ पनि नछान्नुस् । दिउँसोको समय कुनै इभेन्टमा जाँदै हुनुहुन्छ भने ह्वाइट, लाइट ब्लुजस्ता लाइट कलरका सर्ट छान्नुस् ।
  • पाइन्ट कलरको कुरा गर्ने हो भने ब्ल्याक, नेभी ब्लु र ग्रे पाइन्टका लागि सबैभन्दा राम्रा अप्सन हुन् । यी तीन कलर धेरै फर्मल र जेन्टल देखिन्छन् । तपाईंको सर्ट सधैँ पाइन्टभित्र हुनुपर्छ र बेल्ट बाँधेको हुनुपर्छ । 
  • फर्मल ड्रेसमा घडीले तपाईंको व्यक्तित्वलाई खुलाउन मद्दत गर्छ । डिजिटल वा स्पोर्टस् घडी होइन, लेदरवाला वा सिम्पल मेटल वाच लगाउनुपर्छ । यसमा जुत्ता र बेल्टको पनि कलर कम्बिनेसन गर्नुपर्छ । 
  • बेल्ट र जुत्ताको म्याचिङ हेरिन्छ । तपाईंको बेल्टको कलर जुत्ताको कलरसँग म्याच हुनुपर्छ ।  क्लासिक फर्मल लुक्सका लागि यो आवश्यक छ । 
  • फर्मल पहिरनका लागि जुत्ता अझै महत्वपूर्ण हुन्छ । यसका लागि स्पोर्टस् वा कन्भर्स सुज नभएर छालाको साधारण जुत्ता लगाउँदा राम्रो हुन्छ । मोजा लगाउन नर्बिसनुस् । तपाईंको आउटफिटसँग यसको राम्रो कनेक्टिभिटी हुनुपर्छ । तपाईंले आफ्नो मोजालाई पाइन्टको कलरसँग म्याच गर्नुपर्छ ।
  • फर्मल ड्रेसअपमा अझै राम्रो देखिनका लागि कुइनामा तपाईंको सर्टलाई फोल्ड गर्नुस् । यसो गर्दा तपाईंको शरीरको सबैभन्दा राम्रो भाग ‘फोर आम्र्स सो’ हुन्छ । यससँगै सर्टको माथिका तीनवटा बटन पनि खोल्न सक्नुहुन्छ । यसको गर्दा तपाईंको शरीर अझै आकर्षक देखिन्छ । 
ad
ad