१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार १o:२९:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

हिमालय एयरलाइन्सको काठमाडौं–छिन्ताओे–काठमाडौं उडान सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १o:२९:oo

नेपाली चिनियाँ संयुक्त लगानीको हिमालय एयरलाइन्सले काठमाडौं–छिन्ताओ–काठमाडौं उडान सेवा सुरु गरेको छ । कम्पनीले आइतबार बिहान काठमाडौं–छिन्ताओ पहिलो उडान गरेको हो । यो नयाँ रुटले यात्रुलाई नेपालको राजधानी र चीनको रमणीय परिदृश्य, समृद्ध सांस्कृतिक सम्पदा र आर्थिक महत्वका लागि परिचित सहरको बीचमा सहज यात्राको विकल्प प्रदान गर्ने कम्पनीको दाबी छ । 

नयाँ गन्तव्य उडानको उद्घाटनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले गरेको जनाइएको छ । कार्यक्रममा उपस्थित नेपालका लागि चिनियाँ राजदूत चेङसोङलगायतका विशिष्ट व्यक्तिहरूलाई हिमालय एयरलाइन्सका अध्यक्ष झोउ एनयोङ र उपाध्यक्ष विजय श्रेष्ठले स्वागत गरेको जनाइएको छ ।

उडानको उद्घाटन गर्दै मन्त्री किराँतीले हिमालय एयरलाइन्सले काठमाडौं–छिन्ताओ–काठमाडौं उडान सेवाले नेपाल र चीनबीचको सम्बन्धलाई मजबुत बनाउने बताए । छिन्ताओ चीनको एक लोकप्रिय सांस्कृतिक र आर्थिक सहर भएको र यसले दुई देशबीचको पर्यटन र व्यापारको सम्भावना अपार रहेको हुँदा यो उडानले त्यसतर्फ निर्णायक भूमिका निर्वाह गर्ने उनको भनाइ थियो । यस रुटबाट हिमालय एयरलाइन्सले उल्लेखनीय चिनियाँ पर्यटक नेपाल भित्र्याउने उनले विश्वास व्यक्त गरे । 

अध्यक्ष एनयोङले काठमाडौं–छिन्ताओ–काठमाडौं उडान सेवाको उद्घाटन कम्पनीको महत्वपूर्ण उपलब्धि रहेको बताए । छिन्ताओ चीनको महत्वपूर्ण व्यापारिक र वित्तीय केन्द्र भएको र यसले एसियालाई युरोपसँग जोड्ने हुनाले दुई देशबीचको कनेक्टिभिटी, सांस्कृतिक आदान–प्रदान, पर्यटन र व्यापार अभिवृद्धिमा भूमिका निर्वाह गर्ने उनको भनाइ थियो । राजदूत सोङले भने, ‘काठमाडौं–छिन्ताओ–काठमाडौं उडान सेवाको आरम्भ नेपाल–चीनबीचको बढ्दो सहयोगको प्रमाण हो । चीनले नेपालको हवाई पूर्वाधार विकासमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । यस नयाँ रुटले नेपालको उड्डयन उद्योगमा नयाँ गति ल्याउनेमा म विश्वस्त छु ।’

हिमालय एयरलाइन्सका प्रवक्तासमेत रहेका विजय श्रेष्ठले नयाँ सुरु गरिएको रुटप्रति उत्साह व्यक्त गर्दै भने, ‘हिमालयको मुख्य लक्ष्य चीनका विभिन्न १० पर्यटन क्षेत्रमा उडान सञ्चालन गर्ने र १० लाख पर्यटकलाई नेपालमा स्वागत गर्ने हो । हिमालयले नेपालबाट चीनका लागि नयाँ रुटहरूमा उडान गर्दै आएको छ । यस रुटको सुरुवातसँगै हिमालयले उच्च सुरक्षा मापदण्ड कायम गर्दै अविस्मरणीय यात्रा अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ ।’

हाल चारवटा विमानमार्फत एयरलाइन्सले मध्यपूर्व र दक्षिण एसियाका प्रमुख राष्ट्रहरू जस्तै, संयुक्त अरब इमिरेट्स, मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बंगलादेश र चीनमा यात्रुवाहक उडानहरू सञ्चालन गरिरहेको जनाएको छ । 

ad
ad