१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बैंकहरूले अझै गरिबलाई ऋण प्रवाह गरेका छैनन् : ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:१७:oo

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरूले गरिबका लागि ऋण प्रवाह नगरेकोमा असन्तुष्टि व्यक्त गरेका छन्।

ठूला पुँजीपती खोजेर अर्बौँ लगानी गर्ने बैंकहरूले अझै पनि गरिबलाई भने ऋण नदिएको उनले बताए। उनले साना बैंक तथा वित्तीय संस्थाले बाख्रा पालनजस्ता व्यवसायको लागि दिएको लगानी पनि मुनाफा नभएपछि डुब्ने गरेको स्पष्ट पारे। 

पार्टीको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागले आइतबार च्यासलमा आयोजना गरेको एक कार्यक्रमा बोल्दै अध्यक्ष ओलीले गरिबलाई पनि बैंकहरूले कुनै व्यवसाय गर्नका लागि सिड मनीको रूपमा ऋण प्रवाह गर्नुपर्ने बताए। सहकारी संस्थाहरूसँग सरकारले पनि सहकार्य गरेर अघि बढनुपर्नेमा उनले जोड दिए। 

अध्यक्ष ओलीले राष्ट्रिय अर्थतन्त्रको निर्माणको सबैभन्दा महत्वपूर्ण माध्यम सहकारी हुने भएकाले त्यसको विकासका लागि सरकारलाई सचेत गराए।