मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o भदौ २४ आइतबार
  • Monday, 31 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ २४ आइतबार १७:oo:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

‘एक भगवत गीता’ विवाद : नाम परिमार्जन गर्ने सहमति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ २४ आइतबार १७:oo:oo

चलचित्र ‘एक भगवत गीता’को विवाद टुंगिएको छ। चलचित्रको शीर्षक परिवर्तन गर्ने सहमतिसँगै विवाद टुंगिएको हो।

चलचित्रको नाम ‘एक भगवत र एक गीताः सामाजिक कथा’ राख्ने सहमति भएको छ। विश्व हिन्दु महासंघ, शिव सेना नेपाल, विश्व हिन्दु युवा संघ, जगतगुरु आश्रमलगायत १३ संस्था आबद्ध हिन्दु जागरण नेपालले चलचित्र ‘एक भगवत गीता’को शीर्षक र पात्रलाई लिएर आपत्ति जनाउँदै  प्रदर्शन रोक्न माग गर्दै चलचित्र विकास बोर्डमा निवेदन दिएको थियो।

धार्मिक संस्थाको निवेदनपछि बोर्डले छलफलबाट विवाद मिलाउने भन्दै सेन्सर सिफारिस रोकेको थियो। विवाद टुंगिएसँगै चलचित्र अब सेन्सरको प्रक्रियामा अघि बढ्ने भएको छ।

झरना थापा निर्देशित चलचित्रमा विपिन कार्की, सुहाना थापा, धीरज मगरलगायतको अभिनय छ। सुनीलकुमार थापाले निर्माण गरेको चलचित्र भदौ २९ गते प्रदर्शनको तयारीमा छ।