१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ५ शनिबार १o:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

बैठक कोठामा लाइटिङको चयन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार १o:५o:oo

बैठक कोठालाई आकर्षक बनाउन लाइटिङमा विशेष ध्यान दिनुपर्छ । आकर्षक डेकोरेटेड लाइटिङ सामग्रीको प्रयोगले सुन्दरता बढाउनुका साथै कोठालाई उज्यालो पनि बनाउँछ । झ्यालबाट प्राकृतिक प्रकाश कम आउने कोठा भएमा लाइटिङको जडानमा विशेष सजगता अपनाउनुपर्छ । यस्तो कोठामा सबैभन्दा फोकस लाइटिङमा गर्नुपर्छ ।

कोठाको आकार तथा उचाइअनुसार उपयुक्त हुने झुमर, ल्याम्प वा अन्य डेकोरेटेड लाइट प्रयोग गर्न सकिन्छ । कोठामा राखिएका तस्बिरमा ट्रेस लाइट तथा डेकोरेटेड लाइट प्रयोग गर्न सकिन्छ । फरक–फरक डिजाइनको बत्तीको प्रयोगले नयाँ अनुभूति पनि दिन्छ । 

बैठक कोठामा रङको पनि महत्वपूर्ण भूमिका हुन्छ । हलुका रङ लगाउँदा कोठा उज्यालो तथा ठूलो देखिन्छ । ब्राउन, क्रिमजस्ता डिसेन्ट कलरमा फोकस गर्दा ड्रइङ रुमको महत्व झल्कन्छ । यस्तो कलर लगाउँदा परिवारका सदस्य तथा आएका पाहुनालाई समेत आनन्दको अनुभव दिन्छ । जसले गर्दा मानसिक वा शारीरिक थकान भएकाहरू सो कोठामा आराम गरेर बस्दा उत्साह प्राप्त हुन्छ ।

ad
ad