१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २३ शनिबार
  • Wednesday, 19 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ २३ शनिबार १७:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मुलुकमा सामाजिक विद्वेष फैल्याउने तत्वहरू अहिले पनि क्रियाशील छन् : ओली 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ २३ शनिबार १७:३१:oo

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सामाजिक विद्वेष फैल्याउने तत्वहरू अहिले पनि क्रियाशील रहेको बताएका छन्। 

जात/ जात, वडा/ वडा, पालिका/ पालिका मिलेर बसेको देख्न नसक्नेहरूले मुलुकमा साम्प्रदायिक विद्वेष फैल्याउने काम गरिरहेको ओलीको भनाइ थियो। 

तिजको अवसर पारेर पार्टीनिकट महिला संगठन अखिल नेपाल महिला संघ, मध्यपुर थिमि नगर कमिटीले शनिबार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले हाम्रा चाडपर्वहरूसँग ठ्याक्कै मेल नखाने गतिविधि हुनु सुखद् नभएको बताए। 

अध्यक्ष ओलीले हाम्रा चाडपर्वको अर्थ सामाजिक सदभाव कायम गर्दै उल्लेख गर्दै त्यसले सबै समुदायमा निकटता ल्याउने माध्यमको रूपमा काम गरिरहेको पनि स्मरण गराए। 

अध्यक्ष ओलीले चाडपर्वहरूलाई नेपालीहरूले उत्सवको रूपमा मनाउने गरेको र त्यसले सामाजिक प्रबन्धलाई व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए। 

ad
ad
ad
ad