१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १२:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सकेसम्म कोशीमा मध्यावधि चुनावमा जानुहुँदैन : नेता नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १२:३६:oo

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कोशी प्रदेशमा मध्यावधि चुनाव गर्नुपर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताएका छन्। 

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्। उनले जनता र राष्ट्रलाई पर्ने अर्थको बोझका कारण पुनः निर्वाचन हुन नहुने धारणा राखे।  

उनले आफ्नो पार्टीले तेब्बर बढी सिट ल्याउन सक्ने भए पनि देशको आर्थिक अवस्थालाई मध्यनजर गरी मध्यावधि चुनाव नभई मिलेर सरकार बनाउनुपर्नेमा जोड दिए। 

कोशी प्रदेश सरकार मध्यावधिमा नजानका लागि कि मिलेर जानुपर्ने, कि कसैलाई साथ दिनुपर्ने र कि चुनावमा जानुपर्ने विकल्प मात्रै रहेको उल्लेख गरे। 

उनले मध्यावधि चुनावमा जाँदा आफ्नो पार्टीले अहिलेको संख्याको तेब्बर बढी सिट ल्याउने डरले अन्य पार्टीहरू डराइरहेको दाबी गरे। अध्यक्ष नेपालले कोशी प्रदेश सरकार मध्यावधि चुनावमा नगई टिकाइरहन कुनै उपाय निकालिनुपर्ने बताए।