१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o९:३४:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

निगमले सुरु गर्‍यो साउदीको दमाम उडान 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o९:३४:oo

नेपाल वायुसेवा निगमले काठमाडाैंबाट साउदी अरेबियाको दमाममा नियमित सीधा उडान सुरु गरेको छ । २० भदौदेखि सुरु भएको पहिलो उडानमा (२२ः४० बजे) काठमाडौंबाट एक सय २६ र फर्किंदा एक सय १७ जना यात्रु रहेका थिए ।

काठमाडौं–दमाम–काठमाडौं सेक्टरमा साताको दुई दिन बुधबार र शनिबार उडान गर्ने निगमले जनाएको छ । साथै, बजारको मागअनुसार उडानको संख्या बढाउँदै लैजाने योजना निगमको छ । निगमको बेवसाइट र ट्राभल एजेन्सीमार्फत टिकट काट्न सकिने जनाइएको छ ।