मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २१ बिहीबार
  • Tuesday, 18 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ २१ बिहीबार १७:२३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नागरिक उड्डयन प्राधिकरणले ल्यायो साढे ३६ अर्बको बजेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ २१ बिहीबार १७:२३:oo

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले चालू आर्थिक वर्ष ०८०/८१ का लागि रु साढे ३६ अर्बको बजेट विनियोजन गरेको छ। प्राधिकरण सञ्चालक समितिको बैठकले चालू आवका लागि रु ३६ अर्ब ६६ करोड ६४ लाख बजेट स्वीकृत गरेको हो। 

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार प्राधिकरणले उड्डयन तथा हवाई सुरक्षा सुदृढीकरण, पूर्वाधार विकास, विमानस्थल सञ्चालनलगायत प्राथमिकताका क्षेत्र निर्धारण गरी चालू आर्थिक वर्षको बजेट विनियोजन गरिएको छ। 

अन्तर्राष्ट्रिय संघ-संस्थाबीच सहकार्य, यात्रु सेवा सुविधा अभिवृद्धि, आय वृद्धि तथा आर्थिक अनुशासन, मानव संशाधन विकासलगायतलाई बजेटले प्राथमिकता दिएको प्रवक्ता निरौलाले उल्लेख गरे।     

प्राधिकरणले चालू आवमा रु १५ अर्ब ८८ करोड २५ लाख आम्दानी गर्ने लक्ष्य लिएको छ। यस्तै, ऋण/ सेयर लगानीका रूपमा रु छ अर्ब ६४ करोड प्राप्त हुने अनुमान गरिएको छ।  

प्राधिकरणले पुँजीगत खर्चका लागि रु १९ अर्ब तीन करोड ८८ लाख विनियोजन गरेको छ भने कर्मचारी खर्चमा रु दुई अर्ब ११ करोड ७१ लाख छुट्याएको छ। प्राधिकरणले कार्य सञ्चालन खर्च रु चार अर्ब ३४ करोड र कर्मचारीको बोनसमा रु पाँच अर्ब ८९ विनियोजन गरेको छ।