१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
बुधबार तुम्लिङटार विमानस्थलमा पत्रकारहरुसँग बोल्दै परराष्ट्रमन्त्री एनपी साउद। तस्बिर : नवीन गुरुङ/नयाँ पत्रिका)
नवीन गुरुङ संखुवासभा
२o८१ बैशाख २२ शनिबार १२:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

किमाथांका नाका खुलाउने विषयमा चीन सरकार पनि सकारात्मक छ : परराष्ट्रमन्त्री 

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १२:२९:oo

परराष्ट्रमन्त्री एनपी साउदले किमाथांका नाका खुलाउने विषयमा चीन सरकार सकारात्मक रहेको बताएका छन्।

बुधबार संखुवासभाको तुम्लिङटार विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै संखुवासभाको उत्तरी चीनसँगको सीमावर्ती किमाथांका नाका खुलाउने विषयमा चीन सरकारसँग पटक–पटक कुराकानी भइरहेको र चीन सरकार पनि नाका खुलाउने विषयमा सकारात्मक रहेको परराष्ट्रमन्त्री साउदले बताएका हुन्। 

उनले यही २३ सेटेम्बर तारिखदेखि सम्माननीय प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत भइसकेको र चीन सरकारसँग किमाथांका नाका खुलाउने विषयको समेत एजेन्डा राखिएको हुँदा चाँडै खोलिने बताए। 

परराष्ट्रमन्त्री साउदले नेपाली जनताको तिब्बतसँग पुरानो सम्बन्ध रहेको बताउँदै एक–आपसमा व्यापारिक सम्बन्ध रहेकाले यो क्षेत्रको विद्युत् र सहरीकरणलगायतको विकास योजनाका लागि चीन सरकारसँग प्रस्ताव पनि गरिएको बताए। 

‘चीनसँग विद्युतको ट्रान्समिसन लाइन विस्तार गर्ने भन्ने विषय पनि अघि बढेको छ। किमाथांका नाकालाई सहरीकरण बनाउनेलगायतका थुप्रै विकास परियोजनाको प्रस्ताव पनि गरेका छौँ, यो विषयमा चीन सरकार सकारात्मक रहेको पाएका छौँ,’ मन्त्री साउदले भने।
    
परराष्ट्रमन्त्री साउद खाँदबारीस्थित हिमालय किरण पब्लिक क्याम्पसको भारतीय राजदूतावासको सहयोगमा निर्मित भवनको उद्घाटन गर्न आएका हुन्। 

आज दिउँसो सो भवन उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। भवन उद्घाटन गर्न नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसमेत आएका छन्। परराष्ट्रमन्त्री साउद भोलि मात्रै काठमाडौं फर्किने कार्यक्रम तय भएको छ भने राजदूत श्रीवास्तव भने आजै फर्किनेछन्। 

 

ad
ad