१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ ५ शनिबार ११:२८:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

कुन समयमा कहाँ गर्ने योग? 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार ११:२८:oo

स्वस्थ रहनका लागि योग गर्न जरुरी छ । यसले मस्तिष्कलाई सकारात्मक ऊर्जा दिन्छ । तर, सही विधिअनुसार योग गर्न सकिएन भने यसका साइड इफेक्ट देखिन्छन् । त्यसैले हामीले कुनै पनि योगासन गर्नुअघि योग प्रशिक्षकसँग त्यसबारे आधारभूत जानकारी लिनु राम्रो हुन्छ । 

स्थान : योग गर्न शान्त र स्वच्छ ठाउँको जरुरी हुन्छ । धुलोधुवाँ नभएको ठाउँमा गर्नुपर्छ । यसका लागि होहल्ला नहुने ठाउँ आवश्यक पर्छ । कौसी, खुला कोठा, बगैँचालगायतका ठाउँमा योग गर्नु राम्रो हुन्छ । 

समय : योग गर्नका लागि बिहान–साँझको समय उत्तम हुन्छ । बिहान खाना खानुअघि र बेलुकी खाना खानुअघि गर्नुपर्छ । खाना खाएपछि वा पानी पिएपछि तुरुन्तै योग गर्नुहुँदैन । खाना खाएको कम्तीमा तीन–चार घन्टापछि गर्नुपर्छ । 

श्वासप्रश्वासमा ध्यान : योग गर्दा, आसन गर्दा श्वासप्रश्वासलाई ध्यान दिएर गर्नुपर्छ । आसन गर्दा पनि सचेत भएर गर्नुपर्छ । जति सचेत भएर गरिन्छ, त्यसले त्यति नै बढी फाइदा गर्छ । 

शारीरिक अवस्था : योग गर्नुअघि आफ्नो शारीरिक अवस्था बुझेर गर्नु राम्रो हुन्छ । खासगरी, भर्खर शल्यक्रिया गरिएको मान्छेले योग गर्नुहुँदैन । अन्य स्वास्थ्य समस्या देखिएका मानिसले कुन योगासन गर्ने भनेर प्रशिक्षकसँग सल्लाह लिनुपर्छ । किनकि, सबै आसन सबैका लागि उपयोगी हुँदैनन् । 

ad
ad