१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:१७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विद्यमान ऐन–नियममा सुधारसहितको कार्ययोजना बनाउन लेखा समितिको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:१७:oo

सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले बेरुजु फर्स्याेट, विद्यमान ऐन नियममा सुधार र प्रतिबद्धतासहितको कार्ययोजना बनाउन सचिवालयलाई निर्देशन दिएका छन्।

मंगलबार बसेको प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै सभापति पोखरेलले यस्तो निर्देशन दिएका हुन्। 

सभापति पोखरेलले समितिको अर्को बैठकमा प्रस्तुत गर्ने गरी बेरुजु फर्स्याेट, विद्यमान ऐन–नियममा सुधार र प्रतिबद्धतासहितको कार्ययोजना बनाउन समिति सचिवालयलाई निर्देशन दिए। 

उनले सचिवालयले कार्ययोजना बनाउँदा समितिमा उपसमिति निर्माण गर्दा नीतिको आधारमा निर्माण गर्ने तथा उपसमितिमा तत्काल रिटायर्ड मन्त्री, लगातार एउटै उपसमितिमा बसेर काम गर्ने सदस्यहरू र पेसा–व्यवसाय मिल्ने सांसदहरूलाई नराख्न आग्रह गरे। 
उनले समितिका २७ जना सांसदले काममा गति दिन सके मात्रै समितिको काम प्रभावकारी हुन सक्ने बताए। उनले समितिले गर्ने निर्णयमा सर्वसहमति गर्ने प्रयास गर्ने बताए। 

साथै उनले समितिले तत्काल बेरुजु, महालेखा र लेखा उतरदायीहरूको बीचमा अन्तर्संवाद र लेखा समितिका सदस्यहरू र सचिवालयको क्षमता अभिवृद्धि गर्ने अनिर्वाय आवश्यकता रहेको औँल्याए। उनले समितिले तत्काल बेरुजुलगायतका विषयमा उपसमितिहरू बनाएर काम अगाडि बढाउने बताए।