१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोरोना बिमाको तत्काल भुक्तानी दिन सरकारलाई रुलिङ गर्न एमाले सांसदकाे माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:५६:oo

प्रमुख प्रतिपक्ष दल एमालेका सचेतक महेश बर्तौलाले कोरोनाकालका बिमितहरूको रकम तत्काल उपलब्ध गराउनका लागि सरकारलाई रुलिङ गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन्।

सरकारले सो बिमाबापतको करिब ११ अर्ब रकम उपलब्ध गराउन चासो नदिएको उल्लेख गर्दै उनले सो सम्बन्धमा सरकारलाई रुलिङ गर्न सभामुख घिमिरेसँग माग गरेका हुन्। सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सचेतक बर्ताैलाले सरकारले नागरिकको सरोकारको विषयमा बेवास्ता गरिरहेको आरोपसमेत लगाए।

‘यो सरकार माटोको तोर्माजस्तो भयो सभामुख महोदय । ऐया पनि छैन, आत्था पनि छैन। विगत चार वर्षदेखि यो देशका एक लाख ५० हजारभन्दा बढी नागरिकले कोरोनाको बिमा गरे। त्यसबापतको ११ अर्ब रकम आजसम्म प्राप्त गर्न सकेको छैन। सरकारलाई त्यसको कुनै चासो छैन, सरोकार छैन । कुम्भकर्ण निद्रामा पर्‍याे। त्यसकारण सभामुख महोदय विशेष रुलिङ होस् । तत्काल ती बिमितहरूले पाउनुपर्ने रकम ती बिमितहरूले प्राप्त गर्न सकून्,’ उनले भने।

सचेतक बर्तौलाले मकवानपुरस्थित इन्द्रसरोवर तालको तत्काल सफाइ गर्न पनि सरकारलाई दबाब दिए।