१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ९ बुधबार
  • Wednesday, 22 May, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८१ जेठ ९ बुधबार o६:१६:oo
Read Time : > 3 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

विदेशबाट प्राध्यापक ल्याएर स्नातकोत्तरमा पढाउने तयारी गर्दै नेपाल विश्वविद्यालय

Read Time : > 3 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ९ बुधबार o६:१६:oo

केन्द्रीय कार्यालय गैँडाकोटमा, अन्य क्याम्पसलाई सम्बन्धन नदिइने 
- जापान, दक्षिण कोरिया, भारत, चीनलगायत देशका नाम चलेका विश्वविद्यालयमा अध्यापन गराएका शिक्षकलाई ल्याइनेछ ।
- स्नातक तहको कक्षा सञ्चालन गर्दा नेपाली शिक्षक पनि राखिनेछ । शिक्षक र विद्यार्थीका लागि आवासीय सुविधा रहनेछ । स्नातकोत्तर तहमा ‘फुल टाइम’ कक्षा सञ्चालन हुनेछ ।

अन्य विश्वविद्यालयभन्दा फरक धार बोकेर सरकारबाट सञ्चालनको अनुमति पर्खिरहेकोे नेपाल विश्वविद्यालयले विदेशबाट प्राध्यापक ल्याएर कक्षा सञ्चालन गर्ने तयारी गरेको छ । पहिलो चरणमा १४ जना विदेशी प्राध्यापक ल्याएर स्नातकोत्तर तहको कक्षा सञ्चालनको तयारी गरिएको विश्वविद्यालय पूर्वाधार विकास समितिले जनाएको छ । 

विश्वविद्यालयले कानुनअनुसार सबै संकाय सञ्चालन गर्न सक्छ । मूलतः विज्ञान संकाय र मानविकी संकायका कक्षा सञ्चालन गर्ने जनाएको छ । स्नातकोत्तर तहमा सार्वजनिक नीति विषयको पढाइ हुनेछ । यस संकायअन्तर्गत अर्थशास्त्र तथा वित्तीय नीति, दिगो नीति, भौतिक पूर्वाधार तथा योजना नीति, पूर्वाधार नीति, सार्वजनिक नीतिलगायत विषयको कक्षा सञ्चालनको तयारी भएको पूर्वाधार विकास समितिले बताएको छ ।

विश्वविद्यालय पूर्वाधार विकास समिति सदस्य सूर्यराज आचार्यले विश्वमा नाम चलेका विश्वविद्यालयका प्राध्यापक ल्याइने दाबी गरेका छन् । उनका अनुसार जापान, दक्षिण कोरिया, भारत, चीनलगायत देशका नाम चलेका विश्वविद्यालयमा अध्यापन गराएका शिक्षकलाई ल्याइनेछ । 

आचार्यले पठनपाठन सुरु भएपछि कतिपयले नि:शुल्क पढाउन आउनेसमेत आश्वासन दिएका छन् । उनीहरूलाई आवासीय सुविधासहित विषयगत जिम्मेवारी दिइने उनले बताए । ‘हामीले सुरुमा विदेशी युनिभर्सिटीका प्राध्यापक ल्याउँछौँ, कतिपयले तलब नलिने पनि बताउनुभएको छ, कतिपयलाई तलब र आवासीय सुविधा दिन्छौँ,’ उनले भने, ‘उहाँहरू हाम्रो सम्पर्कमा आइसक्नुभएको छ, कतिपय विदेशी युनिभर्सिटीमा अध्यापन गराएर अवकाशप्राप्त प्राध्यापक पनि हुनुहुन्छ ।’ 

विद्यालयले अन्तर्राष्ट्रिय विश्वविद्यालयको मापदण्ड कायम गर्न सुरुमा विदेशी शिक्षक ल्याउन लागेको बताए । स्नातक तहको कक्षा सञ्चालन गर्दा नेपाली शिक्षक पनि राखिनेछ । शिक्षक र विद्यार्थीका लागि आवासीय सुविधा रहनेछ । स्नातकोत्तर तहमा ‘फुल टाइम’ कक्षा सञ्चालन हुनेछ ।

स्नातकोत्तर तहको कक्षा सञ्चालन भइसकेपछि स्नातक तहमा मानविकी, विज्ञान, इन्जिनियरिङलगायत संकायको पठनपाठन सुरु गरिने विश्वविद्यालय व्यवस्थापन पक्षले जनाएको छ । विश्वविद्यालय सरकारलाई आर्थिक भार पार्ने गरी सञ्चालन नहुने पूर्वाधार विकास समितिको दाबी छ । ‘यो विश्वविद्यालय सरकारलाई भार पार्ने किसिमको हुँदैन, यसको सञ्चालनमा निजी क्षेत्र, अन्तर्राष्ट्रिय दातामार्फत गर्छौँ,’ उनले भने, ‘यसले कानुनअनुसार सबै संकाय सञ्चालन गर्न सक्छ ।’

हाल नेपालमा १७ वटा विश्वविद्यालय छन् । कतिपयले नेपाल विश्वविद्यालय सञ्चालनको औचित्यमाथि प्रश्न गरिरहेका छन् । शिक्षाविद् विद्यानाथ कोइरालाले नेपालमा एकै प्रकारका विश्वविद्यालयको संख्या धेरै भएको तर कुनै पनि विश्वविद्यालय व्यवस्थित र आवश्यकता पूर्ति गर्ने किसिसको नभएको बताए । 

उनले कुनै विषय, क्षेत्र वा समुदायिकलाई समेटेर विश्वविद्यालय खोल्दा उचित हुने अवस्था रहेको भन्दै नेपाल विश्वविद्यालय अन्यभन्दा फरक बन्नुपर्ने बताए । ‘देशलाई कैयौँ विश्वविद्यालय चाहिन्छ, तर कुन विश्वविद्यालयले कस्ता चलाउने ? कुन भाषा, क्षेत्र र वर्गलाई आधार मानेर चलाउने भन्ने महत्वपूर्ण हुन्,’ उनले भने, ‘तर, व्यक्ति र पार्टीपिच्छे फरक–फरक विश्वविद्यालय खोल्नु राम्रो होइन, यस्तो देख्दा उद्देक लाग्छ ।’ उनले नेपाल विश्वविद्यालयको अवधारणा सुरु गर्दा निजी लगानीमा भने पनि विधेयक बनेर आउँदा सरकारी लगानीमा सञ्चालन हुने भन्ने विषय सोचनीय भएकोसमेत बताए । 

नेपाल विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफलका लागि एक साताअघि प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पठाइएको छ । उक्त विधेयक ऐनका रूपमा आएपछि विश्वविद्यालयले पठनपाठन सुरु गर्नेछ ।

केन्द्रीय कार्यालय गैँडाकोटमा, अन्य क्याम्पसहरूलाई सम्बन्धन नदिइने 
विश्वविद्यालय सञ्चालनका लागि गैँडाकोटमा जग्गा व्यवस्थापन भइसकेको छ । सुरुमा स्नातकोत्तर तहको पढाइ सञ्चालन गर्न पूर्वाधार निर्माण गरिनेछ । गैँडाकोटमा सय बिघा जग्गा खरिद गरेर त्यसमा संरचना बनाउने तयारी गरिएको छ । यसको केन्द्रीय कार्यालय पनि गैँडाकोटमै रहनेछ । अन्य शाखा कार्यालय देशभर रहने जनाइएको छ । तर, यस विश्वविद्यालयले अन्य क्याम्पसलाई सम्बन्धन दिनेछैन । यसका आंगिक क्याम्पस भने हुनेछन् । यसमा अध्ययन गर्नेका लागि छात्रावासको व्यवस्था गरिने बताइएको छ । 

यस विश्वविद्यालयको क्यान्डर स्मार्ट हुने र विद्यार्थीको एक महिना समय पनि खेर नजाने सदस्य आचार्यको दाबी छ । ‘यहीको परिवेश हेरेर यहीँ टिक्ने किसिमको शिक्षा हुन्छ, खोजेजस्तो जनशक्ति बनाउँछौँ,’ आचार्यले भने, ‘भएकै मार्केटमा टिक्नयोग्य विद्यार्थी उत्पादन गर्छौँ । विदेशी विश्वविद्यालयमा पढेकासँग प्रतिस्पर्धा गर्न सकिन्छ ।’ 

अन्यभन्दा फरक बन्ने दाबी 
नेपाल विश्वविद्यालय सञ्चालनका लागि पूर्वाधार विकास तयारी समिति भनेर अध्यक्ष वरिष्ठ चिकित्सक अर्जुन कार्की, सदस्य सूर्यराज आचार्यको टिमले यसको सञ्चालनबारे पूर्वाधारको तयारीसमेत गरेका छन् । यो संरक्षक परिषद्अन्तर्गत सञ्चालन हुनेछ । सदस्य आचार्य विश्वविद्यालय झट्ट सुन्दा अरूझैँ लागे पनि यसको अवधारणा निकै फरक रहेको सुनाउँछन् । 

‘यहाँ कुनै राजनीतिक र सरकारी हस्तक्षेप हुन दिइनेछैन । स्वतन्त्र प्राज्ञिक थलोका रूपमा यो विश्वविद्यालय रहनेछ । त्रिवि र अन्य विश्वविद्यालयको पनि गुणस्तर खस्कँदै गयो, राष्ट्रिय विकासका लागि चाहिने दक्ष जनशक्ति उत्पादन हुन सकेन,’ आचार्यले भने, ‘युवा पढ्न जाने नाममा बिदेसिए, उनीहरूलाई रोक्न र गरिखाने शिक्षाको बाटो देखाउन नेपाल विश्वविद्यालयलाई अघि बढाउँदै छौँ, यो अन्यभन्दा धेरै नै फरक हुन्छ ।’ उनका अनुुसार यस विश्वविद्यालयको सिकाइ, पाठ्यक्रम, पाठ्यपुस्तक फरक नै हुन्छ । 

कति महँगो ? 
सदस्य आचार्यका अनुसार कोही पनि जेहेनदार विद्यार्थी पढ्न वञ्चित हुँदैनन् । सुरुमा यसमा कति विद्यार्थी पढाउने भनेर कोटा तय गरिनेछ । उनका अनुसार यसमा पर्याप्त छात्रवृत्ति हुन्छ । ‘छात्रवृत्तिबाहेकलाई सामान्य शुल्क तोकिनेछ । न्यून आय भएका परिवारलाई पूर्ण रूपमा छात्रवृत्ति दिइनेछ । यो विश्वविद्यालयलाई निजी कम्पनी र संघसंस्थाबाट छात्रवृत्ति आउने बताइएको छ । सरकारले राम्रो पैसा दियो भने शुल्क कम हुन्छ, यो सार्वजनिक विश्वविद्यालय हो,’ आचार्यले भने, ‘तर, नाफामूलक होइन, यसको उपकुलपति, २१ जनाको परिषद् र ६ जना सरकारी निकायका पदेन हुन्छन् ।’

ad
ad