१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o८:o३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

सर्वोच्चमा प्रस्तावित न्यायाधीश शर्माविरुद्ध उजुरी आह्वान 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:o३:oo

सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश विनोद शर्माविरुद्ध उजुरी आह्वान गरिएको छ । संसदीय सुनुवाइ समितिको शुक्रबार बसेको बैठकले शर्माविरुद्ध १० दिने उजुरी आह्वान गर्ने निर्णय गरेको सचिव पदमप्रसाद पाण्डेयले बताए । 

न्यायपरिषद्ले १० भदौमा शर्मालाई सर्वाेच्चको न्यायाधीशमा सिफारिस गरेको थियो । उच्च अदालत पाटनका न्यायाधीश शर्मा हाल सर्वोच्च अदालतमा काजमा कार्यरत छन् । उनी यसअघि पनि सर्वाेच्चका लागि सिफारिस भए पनि प्रतिनिधिसभाको कार्यकाल सकिएर सुनुवाइ हुन सकेको थिएन । 

उजुरी आह्वान भएसँगै शर्माको सुनुवाइ प्रक्रिया अगाडि बढेको छ । प्रस्तावित न्यायाधीशविरुद्ध सर्वसाधारणले अबको १० दिनभित्र उजुरी दिन पाउनेछन् । उजुरीमाथि छानबिन गरेर समितिले प्रस्तावित न्यायाधीश शर्मामाथि संसदीय सुनुवाइ गर्नेछ । समितिले नाम अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

ad
ad