१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाली शान्ति सैनिकको १३औँ डफ्फा दक्षिण सुडान प्रस्थान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:१७:oo

नेपाली सेनाको तारादल गण (शान्ति सेना) १३औँ डफ्फाका दुई सय १४ जना शान्ति सैनिकहरू दक्षिण सुडानको राष्ट्रसंघीय शान्ति मिसनका लागि प्रस्थान गरेका छन्।

संयुक्त राष्ट्रसंघको चार्टर्ड विमानद्वारा बिहीबार राति उनीहरू दक्षिण सुडान प्रस्थान गरेका हुन्। यही विमानमा १३ भदौमा  मिसनमा सहभागी शेर गण (शान्ति सेना) १२औँ डफ्फाका दुई सय १२ जना सैनिकहरू स्वदेश फिर्ता भएका थिए।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार अफ्रिकी मुलुक दक्षिण सुडानमा तैनाथ मिसनमा नेपाली सेनाका दुई इन्फेन्ट्री बटालियन र एक हाई रेडिनेस कम्पनीमा गरी एक हजार सात सय फौज तैनाथ छन्।

यसबाहेक दक्षिण सुडानमा एकजना सेक्टर कमान्डर, ४७ जना स्टाफ अधिकृत र १० जना सैनिक पर्यवेक्षकसहित कुल एक हजार सात सय ५८ जना नेपाली सैनिक कार्यरत छन्। दक्षिण सुडान नेपाली सेनाबाट सबैभन्दा धेरै जनशक्ति खटिएको संयुक्त राष्ट्रसंघीय शान्ति मिसन हो।