मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १७ आइतबार
  • Sunday, 03 December, 2023
२०८० भदौ १४ बिहीबार १२:५५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

देवी चढेको भन्दै आगोकाे भुंग्राेमा हिँडाउने माता पक्राउ 

Read Time : < 1 मिनेट
२०८० भदौ १४ बिहीबार १२:५५:००

दोलखाको शैलुङ गाउँपालिकामा एक वर्षदेखि काम्ने समस्या भएका युवालाई देवी चढेको र धुपबत्ती खुवाउनुपर्ने भन्दै आगोको खलीमा पस्न लगाउने एक महिला पक्राउ परेकी छिन्।

एक वर्षदेखि काम्ने समस्या भएका शैलुङ गाउँपालिका– ३ बिरौटा निवासी २२ वर्षीय युवालाई देवी चढेको र धुपबत्ती खुवाउने भन्दै जबर्जस्ती आगोको भुंग्रोमा पस्न लगाउने माता पक्राउ परेकी हुन्। 

गएको भदौ–असोजदेखि काम्ने समस्या भएका मानबहादुर श्रेष्ठलाई बुधबार झाँक्रीको विधिअनुसार धुपबत्ती खुवाउने भन्दै नजिकैको कुवाटोलनिवासी माता बुद्धिमाया तामाङले बलिरहेको आगोको भुंग्रोमा खाली खुट्टा पस्न लगाएको शैलुङ गाउँपालिका– ३ का वडाध्यक्ष वीरबहादुर तामाङले जानकारी दिए।

बलिरहेको आगोमा पस्दा मानबहादुरको खुट्टामा आगोले पोलेको छ। वडाध्यक्ष तामाङले बलिरहेको आगोमा नराख्न आग्रह गरे पनि ती माताले निभेको आगोको खरानीमा नचाउने भन्दै आफूलाई समेत ढाँटेको बताए। 

गाउँघरमा धुपबत्ती खुवाउने र उत्पन्न भएका देवीदेवता टुंगो लगाउने नाममा बलिरहेको बत्ती खुवाउने चलन भए पनि बुद्धिमायाले बलिरहेको आगोमा पस्न लगाएपछि गाउँलेहरूले प्रहरीलाई खबर गरेका थिए।

आगोमा पस्नुअघि मानबहादुरले पहिला गुरु पस्नुपर्ने त्यसपछि मात्रै आफू जाने भने पनि ती माताले पहिला चेला नै जानुपर्ने भन्दै आगोको खलीमा पस्न लगाएको प्रत्यक्षदर्शीले बताए। 

प्रहरीले माता भनिने ४४ वर्षीया बुद्धिमाया तामाङलाई नियन्त्रणमा लिई प्रहरी चौकी मागादेउरालीमा राखिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।घटनाबारे थप अध्ययन गरी आवश्यक कारबाही गरिने दोलखा प्रहरीले जनाएको छ। आगोले पोलेर घाइते भएका मानबहादुरको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।