१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:४१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हिंसात्मक गतिविधि छाडेर शान्तिपूर्ण राजनीतिमा आए पनि मुद्दा खारेज गर्नुहुँदैन : रमेश लेखक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:४१:oo

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले हिंसात्मक गतिविधि छोडेर शान्तिपूर्ण राजनीतिमा आएकाहरूको मुद्दा खारेज गर्न नहुने धारणा राखेका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्। लेखकले ऐनमा हिंसात्मक क्रियाकलाप छोडेर शान्तिपूर्ण राजनीतिमा फर्किने समूहलाई उनीहरूको मुद्दा खारेज गर्ने गरी पारित गर्नु नहुने धारणा राखे।

‘यसलाई यसै रूपमा पारित गर्नुहुन्न। म यो आग्रह गर्न चाहन्छु । यसमा राजनीतिक छलफल गरेर एउटा सहमतिमा पुगेर जानुपर्छ । किनभने यसले हाम्रो न्यायिक पद्धतिमा नै केही महत्वपूर्ण प्रभाव पार्ने भएको हुनाले यसलाई यसै रूपमा पारित गर्नुहुन्न,’ उनले भने।
 
प्रमुख सचेतक लेखकले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले अहिले सञ्चालनमा रहेको वीर अस्पताललाई समेत अलग गरेर जाने प्रस्ताव गरेको भन्दै सो प्रस्तावमा पनि पुनर्विचार गर्नुपर्ने बताए।