
नुवाकोटका स्रष्टा पुरू लम्सालको लेखन तथा निर्देशनमा रहेका दुई वृत्तचित्र अमेरिकाको ज्याक्सनमा हुन लागेको चलचित्र महोत्समा एकैपटक छनाेटमा परेका छन् ।
अमेरिकाको ज्याक्सनमा September 30 – October 7, 2023 सम्म आयोजना हुने LANE DOC FEST चलचित्र महोत्सवमा पुरू लम्सालको लेखन र निर्दृेशनमा रहेको वृत्तचित्र ‘गाेरु पर्व’ ‘Ox Fiesta’ र नुवाकोटकै प्रसिद्ध दुप्चेश्वरको जात्रामा आधारित वृत्तचित्र ‘आस्थाकाे ढुंगा’ ‘The Stone of Faith’ अफिसियल छनाेटमा परेका हुन् । महोत्सवमा एउटै लेखकका दुईवटा वृत्तचित्र छानिएको यो पहिलो हो ।
यी दुईवटै वृत्तचित्र सिने मेकर्स प्रालिले निर्माण गरेकाे हाे । गाेरु पर्वकाे निर्माता केपी पाठक र निरञ्जन सिक्देल शर्मा हुन् भने आस्थाकाे ढुंगाकाे निर्माता रसिक पाठक, सुशीलसिंह ठकुरी हुन् । ‘गाेरु पर्व’ ‘Ox Fiesta’ को छायांकन रमेश धमला र ज्योति सिंहले गरेका हुन् भने सम्पादन लव प्याकुरेलले गरेका हुन् । यस्तै ‘आस्थाकाे ढुंगा’ ‘The Stone of Faith’को छायांकन रमेश धमला र वैकुण्ठ गौतमले गरेका हुन् भने सम्पादन आशिष डंगोल र शिव पुरीले गरेका हुन् ।
लेखक लम्सालका ठूलीका सपनाहरू, अर्काे ओरालो, देश हराएका मान्छेहरू, पानीघट्ट, नौगेडी, देउकाशी, मनझाँक्री नाटकसंग्रह प्रकाशित भइसकेका छन् ।