१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ६ आइतबार o७:४१:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

यतीसहितका काण्डबारे छानबिन गर्न ओलीको चुनौती

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार o७:४१:oo

एमाले अध्यक्ष केपी शर्मा ओलीले यती होल्डिङ्स, गिरीबन्धु टी स्टेट र ओम्नीसहितका सबै काण्ड छानबिन गर्न सरकारलाई चुनौति दिएका छन् । काठमाडौंमा सोमबार आयोजित जनप्रतिनिधिसँगकोअन्तरक्रियालाई सम्बोधन गर्दै ओलीले त्यस्तो चुनौती दिएका हुन् । छानबिन अगाडि बढाए ललितानिवास र सुन प्रकरणमा जस्तै आफ्नै नेताहरू मुछिने त्रासका कारण सरकारले ती प्रकरणको छानबिनमा खुट्टा कमाइरहेको उनको भनाइ छ । 

‘पहिले पनि यती होल्डिङ्स भने । गरन त छानबिन भनेर अहिलेसम्म भनेको भन्यै छौँ । के यती होल्डिङ्स... यती होल्डिङस् भनेर कराइरहेको ? कति कराइरहेका छौ ? गर त छानबिन, वाइडबडी छानबिन गर जाऊ आफैँ जेलमा । वाइडबडी छानबिन गर जेल जाऊ,’ ओलीले भने, ‘अस्तिसम्म ललितानिवास भन्दै थिए, अहिले भागाभाग छ । कोही यताको ढोकाबाट कोही उताको ढोकाबाट । हामीलाई ललितानिवास भनेर कराइरहेका थिए । अहिले त एउटा यताबाट गुटुटु कुद्छ, अर्को उताबाट कुद्छ ।’

कमिसन खाएर विनाकानुन गिरीबन्धुलाई जग्गा प्रयोग गर्न दिएका कारण सत्तापक्षकै नेताहरू छानबिनपछि जेल जाने उनको दाबी छ । ‘अहिले चियाबगानको विषय निस्किएको छ गर न छानबिन । विनाकानुन ५३ सालमा १९ बिघा जमिन कमिसन खाएर बेच्न दिएको थियो, त्यसको छानबिन गर । ६० सालमा ५१ बिघा जमिन विनाकानुन बेच्न दिएको थियो कमिसन खाएर, छानबिन गर जेल जाऊ’, ओलीले भने, ‘हामी भन्छौँ हामीले कानुन बनाइदिएका हौँ । अब उपरान्त यसरी गैरकानुनी ढंगले कमिसन खाएर होइन, कानुनसम्मत ढंगले गर्नु भनेर नियम बनाइदियौँ, उनीहरूले जसरी विनाकानुन कमिसन खाएर जमिन बेच्न दिएको छैन ।’

उनले एमाले कमिसनका पछाडि नभएर उद्देश्यका लागि हिँडेको पार्टी भएको बताए । उनले सुन तस्करीतिर ध्यान नजाओस् भनेर सत्तापक्षले केपी ओलीले सुन भनेर पित्तल चढाएको हौवा पैmलाएको, तर प्रमाणित गर्न नसकेको पनि स्मरण गरे । 

ad
ad