१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ११ सोमबार
  • Friday, 09 May, 2025
२o८o भदौ ११ सोमबार १४:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काहुँखोला-सिक्लेस खडक एक सातादेखि अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o भदौ ११ सोमबार १४:२७:oo

कास्कीको मादी गाउँपालिकाको पर्यटकीय स्थल सिक्लेस जाने सडक पहिरोका कारण एक सातादेखि अवरुद्ध हुँदा स्थानीयलाई आवागमनमा सास्ती भएको छ।मादी गाउँपालिका– ६ चिप्लीखोलामा गएको पहिराले काहुँखोला–सिक्लेस सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। 

एक सातादेखि सडक अवरुद्ध हुँदा मादीका उत्तरी गाउँका नागरिकलाई पोखरासम्म आवागमनमा सास्ती भएको छ। मादी– ६ का वडाध्यक्ष डिलबहादुर क्षेत्रीले निरन्तर रूपमा पानी परिरहेकाले सडक सञ्चालनमा समस्या भएको बताए। हिरो खस्ने क्रम नरोकिएकाले पानी पर्न बन्द भएपछि मात्रै सडक सञ्चालनका लागि पहल गरिने उनले बताए।  

सडक अवरुद्ध भएकाले यात्रुले गन्तव्यमा पुग्नका लागि दुईवटा गाडी परिवर्तन गर्नुपर्ने बाध्यता छ। पहिरो गएको स्थानसम्म पोखराबाट गएर झोलुंगे पुल हुँदै १० मिनेटको बाटो हिँडेपछि अर्को सवारीसाधनमा चढेर गन्तव्यमा पुग्ने अवस्था मिलाइएको वडाध्यक्ष क्षेत्रीले जानकारी दिए। उनका अनुसार पहिराले ७० मिटर जति सडकमा क्षति पुर्‍याएको छ। 

पोखराको काहुँखोलादेखी सिक्लेस ४२ किलाेमिटरको दूरीमा पर्दछ। पहिराका कारण मादीका उत्तरी गाउँ चिप्ली, खिलाङ, पार्चे र सिक्लेसका नागरिक समस्यामा परेका छन्। सवारीसाधनमा काहुँखोला, कसेरी, थाक, तप्राङ, चिप्ली, पार्चे हुँदै सिक्लेस पुग्न सकिन्छ। सिक्लेस पर्यटकीय हिसाबले पनि प्रख्यात छ। गुरुङ संस्कृतिको अध्ययन तथा अवलोकनका लागि पनि यहाँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गर्दछन्।