१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ १० आइतबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ १० आइतबार ११:४o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेसको रूपान्तरण अभियानद्वारा सुशासनका पक्षमा प्रधानमन्त्रीको ध्यानाकर्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ १० आइतबार ११:४o:oo

कांग्रेस रूपान्तरण अभियानले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी मुलुकमा सुशासन कायम गर्न र भ्रष्टाचारका सबै प्रकरणमा दोषी सबैलाई कारबाही गर्न ध्यानाकर्षण गराएको छ।

कांग्रेसका नेताहरू मधु आचार्य, जगदीश्वरनरसिंह केसी, भूपेन्द्रजंग शाही, खगेन्द्र मल्ल, जनार्दन आचार्य, शान्ता बस्ताकोटीलगायतको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री दाहाललाई भेटेर सो विषयमा ध्यानाकर्षण गराएको हो।

अभियानकर्ताहरूले ललितानिवास जग्गा प्रकरणमा निष्पक्ष अनुसन्धान र सम्पूर्ण दोषीलाई कारबाही गर्नुपर्ने तथा कसैलाई उन्मुक्ति दिन नहुने, नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान र कारबाहीको अन्तिम बिन्दुसम्म पुगेर संलग्नलाई कारबाही गर्नुपर्ने माग गरेका थिए। 

यसैगरी सुनकाण्ड प्रकरणमा निष्पक्ष अनुसन्धान गरी कुनै पार्टी नहेरी आग्रह–पूर्वाग्रह नराखी नाम जोडिएका जो–कोहीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने, देशमा सुशासन कायम हुनुपर्ने, भ्रष्टाचार काण्डमा दोषी जुनसुकै तहको नेता भए पनि कानुनी कारबाही गर्नुपर्नेलगायत विषयमा ध्यानाकर्षण गराएको कांग्रेस नेता शाहीले जानकारी दिए। 

सो अवसरमा प्रधानमन्त्री दाहालले सबै मुद्दामा आफू गम्भीर ढंगले प्रस्तुत भई त्यसलाई निचोडमा पुर्‍याइछाड्ने प्रतिबद्धता व्यक्त गरेका थिए।