१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ ९ शनिबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ ९ शनिबार १३:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

इन्जिनियरिङको शुल्कवृद्धिको विरोधमा नेविसंघले बालुवाटार घेराउ गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ ९ शनिबार १३:४८:oo

इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहमा शुल्कवृद्धि गरेको विरोधमा नेपाल विद्यार्थी संघ (नेविसंघ)ले बालुवाटार घेराउ गर्ने भएको छ।

इन्जिनियरिङ शिक्षा महँगो हुँदा गरिब तथा जेहेनदार विद्यार्थी अध्ययनबाट वञ्चित भएको भन्दै नेविसंघले आइतबार बिहान १० बजे बालुवाटार घेराउ गर्ने घोषणा गरेको हो।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले शनिबार एक विज्ञप्ति जारी गर्दै इन्जिनियरिङमा भएको १४४ प्रतिशत शुल्कवृद्धि तत्काल फिर्ता लिनुपर्ने, सबै विश्वविद्यालयमा इन्जिनियरिङ शिक्षामा एकरूपता ल्याउनुपर्ने, विद्यार्थीको विदेश पलायनलाई ‘राष्ट्रिय संकट’ घोषणा गर्नुपर्नेलगायतका माग राखेका छन्।

साथै, पाँच दिनदेखि आमरण अनशन बसेका विद्यार्थी नेता सुलभ चापागाइईंको जीवनरक्षाका निम्तिसमेत नेविसंघले सरोकारवाला निकायसँग अपिल गरेको छ।