१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ६ आइतबार १९:१२:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

१२ वर्षमा १३ हजार मेगावाट विद्युत् खपत गर्ने सरकारको लक्ष्य

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १९:१२:oo

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेतले अबको १२ वर्ष (सन् ०३५) भित्र आन्तरिक बजारमा १३ हजार मेगावाट विद्युत् खपत गर्ने लक्ष्य राखेको बताएका छन् । अहिले नेपाली बजारमा विद्युतको पिक डिमान्ड दुई हजार मेगावाट हारहारी छ ।

तर, ०३५ भित्र आन्तरिक खपत १३ हजार मेगावाट पुर्‍याउने गरी ऊर्जा विकास नीति ल्याउन लागेको उनले बताए । यतिवेला मन्त्रालय वर्ष सन् २०३५ लाई टारगेट गरेर ऊर्जा विकास नीति ल्याउने तयारी गरेको छ । सोही सन्दर्भमा बिहीबार पत्रकारहरूसँगको छलफलमा मन्त्री बस्नेतले यस्तो बताएका हुन् । 

‘यो अवधिमा नेपालको आर्थिक वृद्धि वार्षिक औसतमा ७.२ प्रतिशत हाराहारी हुन्छ भन्ने आशा छ । त्योअनुसार आर्थिक वृद्धि भयो भने विद्युतको खपत पनि ०३५ भित्र १३ हजार मेगावाट पुग्ने देखिन्छ,’ उनले भने, ‘सोहीअनुसार आन्तरिक र बाह्य बजारलाई पुग्ने गरी विद्युत् उत्पादन गर्ने, पर्याप्त क्षमताको पूर्वाधार बनाउने र लगानीसमेत जुटाउने गरी ऊर्जा विकास नीति ल्याउनेछौँ ।’ 

ऊर्जा क्षेत्रको विकास गर्न स्पष्ट रूपमा तत्कालीन, अल्पकालीन र दीर्घकालीन योजना ल्याउन लागेको उनको भनाइ छ ।
 
यस्तै, उनले अबको दुई सातामा विद्युत् विधेयक संसदमा दर्ता हुने बताए । हाल उक्त विधेयक मन्त्रिपरिषदमा रहेको छ । अब मन्त्रिपरिषदबाट स्वीकृत गरेर संसदमा दर्ता गरिने उनको भनाइ छ । 

ऊर्जासचिव दिनेश घिमिरे पछिल्लो समय देखिएको विद्युत् ट्रिपिङको समस्यालाई दृष्टिगत गर्दै प्रसारण लाइनलगायतका पूर्वाधार निर्माणमा सरकारले जोड दिने बताए । साथै, ऊर्जा विकास सम्बन्धमा सरकार आवश्यक नीतिगत व्यवस्था तथा सहजीकरण गर्न तयार रहेको उनको भनाइ छ । 

छलफलमा पत्रकारहरूले पछिल्लो समय विद्युत् ट्रिपिङमा देखिएको समस्यालाई दृष्टिगत गर्दै पूर्वाधार विकासमा जोड दिने नीति पनि ल्याउन सुझाव दिएका थिए । साथै, विद्युतको उत्पादन, प्रसारण र खपतलाई सन्तुलन बनाउनुपर्ने उनीहरूको सुझाव छ । 

यस्तै, विद्युत् विकास नीतिको सफल कार्यान्वयन हुनुपर्ने पनि पत्रकारहरूको जोड छ । सरकारले विगतमा ऊर्जा विकाससम्बन्धी पटक–पटक मार्गदर्शन तथा विभिन्न नीति ल्याए पनि कार्यान्वयन कमजोर छ । तर, अब आउने ऊर्जा विकास नीति सफल रूपमा कार्यान्वयन गर्नुपर्ने उनीहरूको भनाइ छ ।

ad
ad